Yug Post

जन जागृति मा.वि जुगारले गर्यो दोस्रो त्रैमासिक परीक्षा को नतिजा प्रकाशन

Advertisement

रोल्पाको त्रिवेणी गाउँपालिका ५ जुगारमा जन जागृति मा.वि जुगार मा दोस्रो त्रैमासिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालक कुलानन्द खड्काले गर्नुभएको थियो भने कार्यक्रमको सभाध्यक्षमा शिक्षक अभिभावक सङ्घका अध्यक्ष ज्योति प्रसाद घर्ती रहनुभएको थियो। प्रमुख अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर केसी रहनुभएको थियो।

स्वागत मन्तव्य राख्नुहुदै विद्यालयका प्रधानाध्यापक ले
अभिभावकहरुको उपस्थिति देखेर विद्यालय परिवार सकारात्मक रहेको बताउनुभयो। अभिभावकहरूको गरिमामय उपस्थितिका लागि धन्यवाद ज्ञापन पनि व्यक्त गर्नुभएको थियो । अभिभावकहरुले विद्यार्थीहरूलाई मानसिक तनाव नदिन पनि आग्रह गर्नुभएको हो । अहिले काे रिजल्ट लाई हेरेर विद्यार्थीहरुलाई तनाव नदिन आग्रह गर्नुहुँदै विद्यार्थीहरू के कारणले उ कमजोर भयो भनेर अध्ययन गरेर उसको पढाई सुधार्नमा मा पनी आग्रह गर्नुभएको थियो।

छोरा छोरी हरुले संगत काे सँग गरेको छ भनेर निगरानी गर्न अनुरोध गर्नुभयो । १०-४ बजेसम्म मात्र विद्यालयको निग्रानीमा हुने भएको कारण १०-४ पछी अभिभावकको जिम्मा भएको भन्दै विद्यार्थीहरूलाई निगरानी गर्न अभिभावकलाई विनम्रका साथ अनुरोध गर्नुभएको थियो।

नतिजा प्रकाशन कार्यक्रमको अवसरमा सल्लेरी सामुदायिक वन उपभोक्ता समितिले जेहनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो। विद्यालयले जेहनदार तथा विपन्न विद्यार्थीहरूलाई छनोट गरेको थियो। जसमा ७ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। कक्षा ५ का नवीन ओली, कक्षा ८ कि निर्मला ओली , कक्षा १० का शिरिष डाँगी, कक्षा ७ कि मिरा नेपाली, कक्षा ८ कि पुष्पा के.सी, कक्षा १ कि कमला ओली र कक्षा १ कै मनिषा डागीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। सल्लेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नोखीराम डागीले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो।

५ नम्बर वडा स्तरीय वडा हाजिर जवाफ प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। वडा स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रा.वि का प्रथम भएका थिए। जसमा नवीन ओली, युनिसा बि.क र निरज डागी रहेका थिए। त्यस्तै नि.मा.वि तर्फ पनि ग्रुप ए प्रथम भएको थियो। जसमा पुष्पा केसी, प्रणवबम मल्ल र विवेक ओली रहेका थिए। त्यस्तै वडा स्तरीय हाजिर जवाफ प्रतियोगितामा मा.वि का विद्यार्थीहरू पनि प्रथम भएका थिए। मा.वि स्तरीय हाजिर जवाफमा पनि प्रथम भएका थिए। जसमा सचिन पुन मगर , बबिता ओली र चिन्तन डाँगी रहेका थिए। प्रा.वी तर्फ पनि ग्रुप बी का विद्यार्थीहरू द्वितीय भएका थिए। जसमा सीता परियार , जस्टिन राणा र आरुस घर्ती रहेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ५ नं वडाका वडा-अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि कृष्ण के.सी ले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शिक्षक र बिद्यार्थी बीच नङ र मासुको सम्बन्ध हुन पर्ने बताउनुभयो । जुन विद्यालय मा राम्रो पढाई हुन्छ त्यो विद्यालयमा विद्यार्थीहरू को लर्को हुने स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा शैक्षिक सामग्री सहयोग गरेकोमा सल्लेरी उपोभोक्ता समितिलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । बिद्यार्थी सफल भयो भने अभिभावक, बि.वि.स र शिक्षकहरू सफल हुने यदि विद्यार्थी असफल भए अभिभावक शिक्षक बि.वि.स सबै असफल हुने पनि स्पष्ट पार्नुभएको हो।

जुन अभिभावक विद्यालयको कार्यक्रममा ढिला आउनुहुन्छ उहाँहरुकै छोराछोरीहरु पनि ढिला आउने उदाहरण दिनुभएको थियो। त्यसैले विद्यार्थीहरूलाई समयमै विद्यालय पठाउन र आफू पनि विद्यालयको कार्यक्रमहरूमा समयमै आउन पनि आग्रह गर्नुभयो। सबै प्रथम आउँदैनन् र प्रथम आए पनि भविष्यमा लोकसेवा आयोगमा प्रथम आउँदैनन् त्यसैले विद्यार्थी काे नतिजा प्रती सबै अभिभावकहरू सकरात्मक रहन पनि आग्रह गर्नुभएको थियो ।

विद्यालयका विद्यार्थीहरूले नाटक प्रदर्शन समेत गरेका थिए। बालविवाह सम्बन्धी नाटक प्रदर्शन गरेका हुन्। बालविवाह गरेपछि कुन कुन असरहरू पर्दछ भनेर करिब एक घण्टाको नाटक प्रदर्शन गरेका थिए। समाजमा भइरहेको बढ्दो विकृतिलाई विशेष फोकस गरिएको थियो।

विद्यालयका प्र.अ जिवराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक अभिभावक संघका अध्यक्ष ज्योति प्रसाद घर्तीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search