माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन संघीय सांसद तथा पुर्व अर्थमन्त्री वर्षमान पुन बाट आज उदघाटन हुँदै ।
आफ्नो निर्वाचन क्षेत्रमा कमै समय दिने गरेको भनेर आरोप लाग्ने गरेका वर्षमान पुन पछिल्लो समय रोल्पाको कुनाकन्दरामा पुगेर मतदाताको कुरा सुन्ने देखी सिस्नो ढिडो खाई राखेका छन् । त्यस्तै गरि निर्माणाधीन योजनाको अनुगमन र सम्पन्न योजनाको उद्घाटन गरीरहेका छन् ।
माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन संघीय सांसद तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आज उदघाटन गर्दैछन् । रोल्पाको १० स्थानीय तह मध्ये आफ्नै भवन बनाउन सफल माडी सातौं स्थानीय तहमा पर्छ।


