Skip to main content

Yug Post

प्रमुख समाचार

रोल्पा त्रिवेणी गाउँपालिकाको २ नम्बर वडामा मात्र १५ करोडभन्दा बढीको तरकारी उत्पादन

रोल्पा त्रिवेणी गाउँपालिकाको २ नम्बर वडामा मात्र १५ करोडभन्दा बढीको तरकारी उत्पादन

टेक मगर ,रोल्पा - रोल्पाको त्रिवेणी गाउँपालिका-२ मा रहेका पाँचवटा दर्ता भएका तरकारी बजारमार्फत १६,५५,९६० केजी तरकारी कारोबार भएको छ। यसबाट कुल १५ करोड ९० लाख ५९ हजार ५७४ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। त्रिवेणी गाउँपालिका-२ अन्तर्गत रहेका प्रमुख तरकारी सङ्कलन केन्द्रहरूबाट निम्नानुसार तरकारी कारोबार भएको छः- 1. गाउँले साना किसान उपज तथा सङ्कलन केन्द्र, नुवागाउँ :- जम्मा कारोबार: ३,०३,६१६ केजी आर्थिक कारोबार: रु २,२७,७१२०० 2. जन उत्थान कृषि समूह सङ्कलन केन्द्र, भलाजुङ:- जम्मा कारोबार: १,१०,५५० केजी आर्थिक कारोबार: रु ८८,४४,००० 3. साना किसान मिलनडाँडा कृषि हाटबजार केन्द्र, बाघखोर:- जम्मा कारोबार: १,५०,७६२ केजी आर्थिक कारोबार: रु ६,४८,८८,०८६ 4. नमुना…
Read More
सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको , च्याम्पियन पुलिस क्लब

सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको , च्याम्पियन पुलिस क्लब

टेक मगर ,रोल्पा – रोल्पामा सम्पन्न सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबले उचालेको छ। फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई रोमाञ्चक प्रतिस्पर्धामा पराजित गर्दै पुलिस क्लबले उपाधि जितेको हो। लिवाङमा बुधबार भएको फाइनलल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले उपाधि हात पारेको हो । विजेता बनेको पुलिस क्लबले ५ लाख राशिको पुरस्कार र सन स्टार कप प्राप्त गरेको छ । भने उपविजेता त्रिभुवन आर्मी क्लबले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। खेल दुवै टोलीबीच कडा प्रतिस्पर्धामा रह्यो, तर निर्णायक सेटमा पुलिस क्लबले उत्कृष्ट खेल प्रदर्शन गर्दै जित सुनिश्चित गर्‍यो। प्रतिस्पर्धात्मक खेलमा पुलिसले चारमध्ये तीन सेट जितेको हो…
Read More
काठमाडौ महानगरद्वारा ७३ बालबालिकाकाे उद्वार

काठमाडौ महानगरद्वारा ७३ बालबालिकाकाे उद्वार

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको अहिलेसम्ममा ७३ जना बालबालिकाको उद्धार गरेको छ । उद्धार गरिएकामा ४१ जना बालक र ३२ जना बालिका रहेका महानगरले जनाएको छ । उद्धार गरिएकामध्ये ३८ जना बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ भने ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । महानगरका अनुसार उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानूनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गर्नुभयो । उपमेयर डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल…
Read More
नारायण काजी श्रेष्ठले भने : झापा घटना प्रती सार्वजनिक रूपमा क्षमा माग्छु

नारायण काजी श्रेष्ठले भने : झापा घटना प्रती सार्वजनिक रूपमा क्षमा माग्छु

चितवन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनकमा भएको घटना सामान्य रूपमा लिन आग्रह गरेका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले झापाको कार्यक्रमको घटनालाई सामान्य रूपमा लिन आग्रह गरेका छन् । उनले जनतासँग माओवादी तराई–मधेस जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे । श्रेष्ठले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको भावनालाई सकारात्मक रूपमा लिँदै सार्वजनिक रूपमा नै क्षमायाचना गर्न चाहेको बताए ।  उनले अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु अभियान असाधारण ढङ्गले सफल हुने जिकिर गरे । श्रेष्ठले सरकारले निरङ्कुश ढङ्गले अध्यादेश ल्याएको र अध्यादेश देशको हितमा नरहेको धारणा राखे । …
Read More
भेडा पालनमा लाग्दै विप्लव नेकपा

भेडा पालनमा लाग्दै विप्लव नेकपा

नेपाल कम्युनिस्ट पार्टी आत्मनिर्भर पार्टी ,नेता,कार्यकर्ता र आत्मनिर्भर जनता र देश भन्ने  मुल नारा सहित देशव्यापी  श्रम  र उत्पादन  गरिरहेको छ । उक्त पार्टीको  कार्यक्रम  अन्तरगत  महासचिव विप्लव जुम्लामा स्याउ राेपिरहेका छन । गत वर्ष जुम्लाको हिमा गाउँपालिका–७ धाँचुमा चार हजार स्याउका विरुवा रोपेका विप्लवले अब कालीकोटमा भेडापालन गर्न लागेका हुन् उक्त कार्यक्रमकाे उद्घाटन महासचिव विप्लव सीले गर्दै छन  । कालीकोटको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा भेडापालन फार्म विप्लवले उद्घाटन गर्ने कार्यक्रम छ । विप्लवले फर्मका लागि तीन सयभन्दा धेरै भेडा खरिद गरेकाे साे अभियान देशव्यापी बनाउने नेकपा केन्द्रीय कार्यालय जनाएको छ  ।
Read More
माओवादी सांसद सापकोटाद्वारा प्रधानमन्त्रीकाे राजिनामा माग

माओवादी सांसद सापकोटाद्वारा प्रधानमन्त्रीकाे राजिनामा माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठककोमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे–लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।उनले भने, ‘सम्पत्ति शुद्धिकरण तथा आंतकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नेपाललाई आधिकारिक रुपमा ग्रे–लिस्टमा चढाएको छ । सरकारको अकर्मण्यता, वित्तिय क्षेत्रमा सुधारको अठोट गर्ने अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल अन्तत : यो लज्जाजनक अवस्थामा पुगेको छ । म यसप्रति खेद प्रकट गर्न चाहन्छु । यस्तो घटनाक्रमले सरकार सुशासनका पक्षमा छैन, सम्पूर्ण रुपमा असफल भएको…
Read More
रोल्पामा दोस्रो राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन

रोल्पामा दोस्रो राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन

रोल्पामा दोस्रो राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन भएको छ ।दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन पूर्व सभामुख कृष्णबहादुर महराले गर्नुभएको थियो। सनस्टार युवा क्लबको आयोजनामा सदरमुकाम लिवाङ मा शनिबार सुरु भएको पहिलो खेलमा आयोजक सनस्टार युवा क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सनस्टार युवा क्लब र मधेश प्रदेश बीच भएको खेलामा २६–२४, ३१–२९ र २५–१८ को सोझो सेटमा सनस्टार युवा क्लबले मधेश प्रदेशमाथि जित निकालेको थियो । त्यस्तै त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बीच भएको खेल भने रोचक बनेको थियो । त्रिभुवन आर्मी क्लबलाई २३ मा रोक्दै २५ बनाएर पहिलो सेट हात पारेको कर्णालीले खेललाई निरन्तरता दिन…
Read More
हाम्रो देश तपाईंको भन्दा राम्रो छ: बालेन्द्र शाह

हाम्रो देश तपाईंको भन्दा राम्रो छ: बालेन्द्र शाह

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काउनुभएको छ । नेपाललाई दिएको अनुदानबारे ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उहाँले अमेरिकी नागरिक अल्छी भएको टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमा ट्रम्पलाई मेन्सन गर्दै उहाँले लेख्नुभएको छ, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसूस गराउनुभएकोमा धन्यवाद । हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन्, त्यसैले हामी गरिब छौँ । तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्, तपाईं अल्छी मानिसहरू यसको लागि बाँकी संसार चाहिन्छ । त्यसैले तपाईं गरिब हुनुहुन्छ ।’ मेयर शाहले अमेरिकाको डीभी लट्रीलाई लालचपूर्ण दासत्वको संज्ञा दिँदै ट्रम्पलाई डीभीको दासत्व बन्द गर्न पनि सुझाव दिनुभएको…
Read More
माओवादीले झापाबाट सुरु गर्ने जागरण अभियानमा यी कार्यक्रमहरु गर्ने

माओवादीले झापाबाट सुरु गर्ने जागरण अभियानमा यी कार्यक्रमहरु गर्ने

माओवादी केन्द्रले हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान फागुन १२ गते झापाको कचनकबलबाट सुरू गर्ने भएको छ। अभियानका क्रममा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादी केन्द्रले बताएको छ। अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गर्नेछन्। टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली रहनेछन्। सम्बन्धित प्रदेश, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि रहने छ। कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ। मधेसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा नै कार्यक्रम हुनेछ। बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँकेमा कार्यक्रम हुनेछ। सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा कार्यक्रम…
Read More
प्रचण्डको नेतृत्वमा झापाबाट सुरु हुने जागरण अभियान  कंचनपुर पुगेर यसरी समापन हुने

प्रचण्डको नेतृत्वमा झापाबाट सुरु हुने जागरण अभियान कंचनपुर पुगेर यसरी समापन हुने

माओवादी केन्द्रले हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान फागुन १२ गते प्रचण्डको नेतृत्वमा झापाको कचनकबलबाट सुरू हुने अभियान कंचनपुर गएर समापन हुनेछ। अभियानका क्रममा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादी केन्द्रले बताएको छ। अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गर्नेछन्। टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली रहनेछन्। सम्बन्धित प्रदेश, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि रहने छ। कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ। मधेसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा नै कार्यक्रम हुनेछ। बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँकेमा कार्यक्रम हुनेछ। सुदूरपश्चिम…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search