नेपाल कम्युनिस्ट पार्टी आत्मनिर्भर पार्टी ,नेता,कार्यकर्ता र आत्मनिर्भर जनता र देश भन्ने मुल नारा सहित देशव्यापी श्रम र उत्पादन गरिरहेको छ । उक्त पार्टीको कार्यक्रम अन्तरगत महासचिव विप्लव जुम्लामा स्याउ राेपिरहेका छन । गत वर्ष जुम्लाको हिमा गाउँपालिका–७ धाँचुमा चार हजार स्याउका विरुवा रोपेका विप्लवले अब कालीकोटमा भेडापालन गर्न लागेका हुन् उक्त कार्यक्रमकाे उद्घाटन महासचिव विप्लव सीले गर्दै छन ।
कालीकोटको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा भेडापालन फार्म विप्लवले उद्घाटन गर्ने कार्यक्रम छ । विप्लवले फर्मका लागि तीन सयभन्दा धेरै भेडा खरिद गरेकाे साे अभियान देशव्यापी बनाउने नेकपा केन्द्रीय कार्यालय जनाएको छ ।


