Skip to main content

Yug Post

प्रमुख समाचार

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को  बजेट नसच्चाएमा सदन चल्न नदिने प्रतिपक्षी दलको घोषणा

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट नसच्चाएमा सदन चल्न नदिने प्रतिपक्षी दलको घोषणा

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।०८३ बजेट नसच्चाएमा सदन चल्न नदिने प्रतिपक्षी दलको घोषणा । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।०८३ को बजेट सदनमा पेश गरेपछि बजेटको न्यूनतम मापदण्ड पनि पालना नगरी बजेट लिएको भन्दै सरकारले नयाँ बजेट किताव लिनु पर्ने यदी त्यसो नभएमा सरकारबाट राजनीनामा दिनुपर्ने बताउनुभएको छ । आज प्रतिपक्षदलको बैठक बसेपछि उहाँले यस्तो विचार व्यक्त गर्दै सञ्चारकर्मीहरुसँग भन्नुभयो “यो सरकारकाले न्यूनतम मापदण्ड विना नै बजेट लिएको छ, तसर्थ बजेट बुक फेर्नु पर्दछ, होइन भने सरकारले राजनीनामा दिएर लुम्बिनीको विकासका लागि मार्ग प्रसष्ट गर्नु पर्दछ । उहाँले योजनाहरु जिल्लाको डिभिजन, पालिका स्थानीय तहको बैठक, प्रदेश सभासदस्यहरुले बस्तीबाट लिएर…
Read More
रोल्पाको मंगल ज्योति ताजा तरकारी संकलन केन्द्र निगालपानी असार ११ गते देखि संचालन हुने

रोल्पाको मंगल ज्योति ताजा तरकारी संकलन केन्द्र निगालपानी असार ११ गते देखि संचालन हुने

रोल्पाको त्रीवेणिगाउँपालिका ४ वडा नम्बरको श्री मंगल ज्योति ताजा तरकारी संकलन केन्द्र निगालपानी रोल्पामा असार ११ गते देखि हाटबजार संचालन हुँदै छ। रोल्पाको तरकारीमा मुख्य क्षेत्र मानिने त्रिवेणी गाउँ पालिकाको २ /३ र ४ नम्बर वडाका विभिन्न वडा र सल्यानको केही क्षेत्रबाट तरकारी संकलन हुने मुख्य् हाटबजार नै निगालपानी मंगल ज्योति तरकारी संकलन केन्द्र हो। किसानले उत्पादन गरेको तरकारी बिक्री गर्न का लागी हाटबजार संचालन भएपछि अली मुल्य पाउने छन् किनकि ब्यापारीहरुको संख्या बढ्ने छन् ।
Read More

माडीगाउँ पालिका १ नम्बरमा एमालेका सयौं नेताकार्यकर्ता माओवादीमा प्रवेश

रोल्पाको माडी गाउँपालिका वडा नम्बर १ अन्तर्गत ताले, कालाभिर, देउनिगालीमा रहेका ५० घरधुरीका नेकपा एमालेका सयौ नेता कार्याकर्ताले पार्टी परीत्याग छन । आज नेकपा (माओवादी केन्द्र )माडी गाँउपालिका वडा नं १ ले पार्टी प्रवेश कायक्रमको आयोजना गरेर नेकपा माओवादी केन्द्रमा स्वागत गरेका हुन । नेकपा माओवादी केन्द्र माडी गाँउपालिका वडा नं ज्ञ समितीका अध्यक्ष बल्सिङ घर्ति मगर ‘भुभाग’ को अध्यक्षता, पार्टी लुम्बिनी प्रदेश सदस्य एवम् माडी गाउँसमितिका सह इन्चार्ज गाँउपालिका अध्यक्ष अमरसिँ घर्ति मगर ‘मित्रमणी’ को प्रमुख आतिथ्यता,  माडी गाउँसमितिका अध्यक्ष भरत बहादुर बुढा मगर ‘बसन्त’ को विशिष्ट आतिथ्यता पार्टी प्रवेश कार्यक्रम संचालन गरिएको नेकपा माओवादी केन्द्र माडी गाँउपालिका समितिले…
Read More
माडी १ रोल्पामा सयौं एमाले नेता कार्यकर्ता माओवादीमा प्रवेश

देउवा पुत्र जयबिर बारे बोले पछि पत्रकार दिलभूषण पाठक विरुद्ध पक्राउ पुर्जी जारी

देउवा पुत्र जयबिर बारे बोले पछि पत्रकार दिलभूषण पाठक विरुद्ध पक्राउ पुर्जी जारी

२८ जेठ, काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । ‘उहाँविरुद्ध (दिलभुषण पाठक) साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ । बाँकी विषय भने अनुसन्धानकै क्रममा छन्’ प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो । पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरे पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी हालेको भन्नेबारे केही बताएको छैन । पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो । त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो…
Read More
सामाजिक जागरणकाे अभियानमा दार्माकाे उज्यालो युवा क्लब

सामाजिक जागरणकाे अभियानमा दार्माकाे उज्यालो युवा क्लब

घनराज खड्का/  सल्यान दार्मा गाऊँपालिका ५ मा रहेको उज्यालो युवा क्लब  सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको स्थानीय क्लबले बिहिवार जनकल्याण आधारभूत विद्यालय, भालुमारेमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेकोछ। क्लबका  सचिव घनराज खड्काको नेतृत्वमा सम्पन्न कार्यक्रममा बालविवाह तथा वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमबारे विद्यालयका विद्यार्थीहरूलाई जानकारी दिइएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न क्रियाकलापहरू पनि सञ्चालन गरिएका थिए। उक्त अवसरमा विद्यालयस्तरीय खुला हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसमा ६ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई प्रमाणपत्रसहित करिब १५ सय रुपैयाँ बराबरको पुरस्कार वितरण गरिएको क्लबले जनाएको छ। कार्यक्रमको समापनमा विद्यालय परिवारले क्लबको प्रयासको प्रशंसा…
Read More
सहमति कार्यान्वयनको पत्राचार प्रधानमन्त्री कार्यालयले गरे पछि मात्र चक्काजाम फिर्ता हुने

सहमति कार्यान्वयनको पत्राचार प्रधानमन्त्री कार्यालयले गरे पछि मात्र चक्काजाम फिर्ता हुने

काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन गराउने सरकारी प्रयास अघि बढेपछि सार्वजनिक यातायात व्यवसायीहरूले देशव्यापी चक्काजाम कार्यक्रम फिर्ता लिने सहमति जनाएका छन्। सोमबार राति सरकार र व्यवसायी प्रतिनिधिबीच सम्पन्न तेस्रो चरणको वार्तामा उक्त सहमति बनेको हो। गण्डकी प्रदेशले रातो नम्बर प्लेटका निजी सवारीसाधनलाई पनि यात्रुबाहक बनाउन पाउने नियमावली ल्याएपछि यातायात व्यवसायीहरू आन्दोलित बनेका थिए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने तयारी भएपछि व्यवसायीहरू पनि आन्दोलन फिर्ता लिन तयार भएका हुन्। स्वाँरले भने, “प्रधानमन्त्री कार्यालयले जति चाँडो गण्डकी प्रदेशलाई पत्र पठाउँछ, हामी पनि त्यति चाँडो चक्काजामको कार्यक्रम…
Read More
विपद्‌का समयमा सिकाइ निरन्तरताका लागि ‘रियल’ योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यशाला सम्पन्न

विपद्‌का समयमा सिकाइ निरन्तरताका लागि ‘रियल’ योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यशाला सम्पन्न

टेक मगर, रोल्पा -त्रिवेणी गाउँपालिकामा विपद्‌का समयमा सिकाइ निरन्तरता सुनिश्चित गर्नका लागि सञ्चालन गरिएको सिकाइ आपूर्तिसम्बन्धी द्रुत सिकाइ योजना (रियल) कार्यान्वयनसम्बन्धी दुईदिने शिक्षक अभिमुखिकरण कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा जेठ १९ र २० गते (आईतबार र सोमबार) सञ्चालन भएको उक्त कार्यशालामा त्रिवेणी गाउँपालिकाभित्रका ३१ वटा सामुदायिक विद्यालयबाट प्रत्येक विद्यालयबाट एक-एक जना शिक्षकसहित ३१ जना शिक्षकहरुको सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य विद्यार्थीहरूको सिकाइ प्रक्रिया अझ प्रभावकारी बनाउने, विपद्का परिस्थितिमा समेत शिक्षण–सिकाइ प्रक्रिया निरन्तर राख्ने र द्रुत सिकाइ योजनालाई व्यवहारमा उतार्ने रहेको थियो। कार्यशालामा विश्व तथा नेपालको सन्दर्भमा सिकाइ क्षतिको अवस्थाबारे जानकारी, सिकाइ स्तर पहिचान गर्ने विधि र…
Read More
आलमले सफाइ पाउनु ,न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ : नारायण काजि श्रेष्ठ

आलमले सफाइ पाउनु ,न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ : नारायण काजि श्रेष्ठ

कांग्रेस पुर्व मन्त्री अफताव आलमलाई उच्च अदालत ले सफाई दिएपछि माओवादी बरिस्ठ उपाध्यक्ष तथा पुर्व गृहमन्त्री नारायण काजी श्रेष्ठ कडा प्रतिक्रिया दिएका छन् । उनले आज केहिबेर अगाडी सामाजिक संजाल फेस्बुकमा लेखेका छन् ´हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ । कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने "बहादुर " न्यायाधीश हरुलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा "निर्दोष "बन्दै हिड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो…
Read More
रोल्पामा रुखबाट लडेकी महिला स्वास्थ्य स्वयंसेवीकाको निधन

रोल्पामा रुखबाट लडेकी महिला स्वास्थ्य स्वयंसेवीकाको निधन

टेक मगर ,रोल्पा — रोल्पाको रुन्टिगढी गाउँपालिका–१ राम्ली निवासी महिला स्वास्थ्य स्वयंसेवीका मनि घर्ती मगरको निधन भएको छ। करिब ४० वर्षीया घर्ती मगरको मंगलबार बिहान घरमै मृत्यु भएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिनुभयो। स्वयंसेवीका घर्ती मगर करिब डेढ वर्षअघि स्थानीय आमा समूहको बैठकमा जाँदै गर्दा गाउँ नजिकैको काफलको रुखबाट लडेकी थिइन्। सो दुर्घटनामा उहाँको ढाड भाँचिएको थियो। प्रारम्भिक उपचारपछि केही समय अस्पतालमा बसेर घरमै आराम गरिरहेकी उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा अन्ततः मंगलबार बिहान निधन भएको वडा नं. १ का वडा अध्यक्ष थम बहादुर घर्तीले बताउनुभयो। स्वास्थ्य स्वयंसेविका घर्ती मगर लामो समयदेखि स्थानीय वडामा महिलाको स्वास्थ्य सेवा प्रवर्द्धनमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search