रोल्पाको माडी गाउँपालिका वडा नम्बर १ अन्तर्गत ताले, कालाभिर, देउनिगालीमा रहेका ५० घरधुरीका नेकपा एमालेका सयौ नेता कार्याकर्ताले पार्टी परीत्याग छन ।
आज नेकपा (माओवादी केन्द्र )माडी गाँउपालिका वडा नं १ ले पार्टी प्रवेश कायक्रमको आयोजना गरेर नेकपा माओवादी केन्द्रमा स्वागत गरेका हुन ।
नेकपा माओवादी केन्द्र माडी गाँउपालिका वडा नं ज्ञ समितीका अध्यक्ष बल्सिङ घर्ति मगर ‘भुभाग’ को अध्यक्षता, पार्टी लुम्बिनी प्रदेश सदस्य एवम् माडी गाउँसमितिका सह इन्चार्ज गाँउपालिका अध्यक्ष अमरसिँ घर्ति मगर ‘मित्रमणी’ को प्रमुख आतिथ्यता, माडी गाउँसमितिका अध्यक्ष भरत बहादुर बुढा मगर ‘बसन्त’ को विशिष्ट आतिथ्यता पार्टी प्रवेश कार्यक्रम संचालन गरिएको नेकपा माओवादी केन्द्र माडी गाँउपालिका समितिले बताएको छ ।
नेकपा एमाले का नेता कार्यकर्ताहरुले चुनावको समयमा मात्रै विभिन्न आश्वासन बाड्ने र भोट हाल्न लगाउने चुनाव हारेपछि जनता समक्ष गरेका वाचाँहरु जहाको त्यही रहेकोले आफुहरुले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन ।
पछिल्लो समय माडीमा झन् पार्टी सुदृढ एकताबद्ध गर्दै लगेको छ।


