Yug Post

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट नसच्चाएमा सदन चल्न नदिने प्रतिपक्षी दलको घोषणा

Advertisement

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।०८३ बजेट नसच्चाएमा सदन चल्न नदिने प्रतिपक्षी दलको घोषणा ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।०८३ को बजेट सदनमा पेश गरेपछि बजेटको न्यूनतम मापदण्ड पनि पालना नगरी बजेट लिएको भन्दै सरकारले नयाँ बजेट किताव लिनु पर्ने यदी त्यसो नभएमा सरकारबाट राजनीनामा दिनुपर्ने बताउनुभएको छ ।
आज प्रतिपक्षदलको बैठक बसेपछि उहाँले यस्तो विचार व्यक्त गर्दै सञ्चारकर्मीहरुसँग भन्नुभयो “यो सरकारकाले न्यूनतम मापदण्ड विना नै बजेट लिएको छ, तसर्थ बजेट बुक फेर्नु पर्दछ, होइन भने सरकारले राजनीनामा दिएर लुम्बिनीको विकासका लागि मार्ग प्रसष्ट गर्नु पर्दछ ।

उहाँले योजनाहरु जिल्लाको डिभिजन, पालिका स्थानीय तहको बैठक, प्रदेश सभासदस्यहरुले बस्तीबाट लिएर आएको योजना भन्दा पनि मन्त्रीले आफूखुशी योजना राखेकोले सबैदलका प्रदेशसभा सदस्यहरुको विरोध भएको भन्दै बलियो प्रतिक्षपक्षको भूमिका निर्वाह गर्ने बताउनुभो ।
सत्तापक्षै सदस्यहरुसँग छलफल भइरहेकोले आफ्नो दलको तर्फबाट बजेट नसच्चाएमा सदन चल्न नदिने र यदी जवरजस्ती गर्न खोजमो फेरी विपक्ष दल विहीन बनाई दिने र सडक र सडनबाट आन्दोलन गर्ने बताउनुभयो ।
यस्तै सत्तापक्षकै एमालेका सासद विष्ण्ु पन्थी, दुर्गाबहादुर थारु लगायतले सामाजिक सञ्जालमै लेखि सक्नुभएको छ । नेपाली कांगेसभित्र पनि ठूलो खैलाबैला मच्चिएको छ । नेपाली कंग्रेसका प्रदेश सभापति अमरसिंहले सरकारको बजेटको बारेमा विज्ञप्ती नै जारी गरेर बिरोध गरिसकेका छन् । निकाल्नुभएको छ ।
त्यतिमात्र होइन बजेट लिनेबेलामा मन्त्रीहरुकै बीचमा हातहालाहल भएको कुरा पनि सार्वजनिक भैसकेको । अब सरकारले के गर्दछ भन्ने कुरा हेर्न वाँकी छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search