Skip to main content

Yug Post

माओवादी संसद लामाको फेक आपत्तिजनक फोटो सार्वजनिक गर्ने , ज्ञानेन्द्र शाहिका स्वकीय सचीव बडु पक्राउ

Advertisement

काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामासँग सम्बन्धित आपत्तिजनक फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ‘बाग’ उपनामले चिनिने रमेशबहादुर बडु रहेका छन्, जो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्यसमेत भएको बुझिएको छ ।

जुम्लाका संसद ज्ञान बहादुर शाहीका स्वकीय सचीव समेत रहेका बडुले ज्ञान बहादुर शाहीको निर्देशन अनुसार नै त्यस्तो अपराध गरेका हुनसक्छन् भन्नेकुरा छिरिङ ल्हामु लामासँग ज्ञान बहादुरसँग विवाद पर्नु एउटा पुष्टि हो भने अर्को पुष्टि हुनु राप्रपाले नै बडु पक्राउ पर्नुको साथै ज्ञानेन्द्र शाही दुई पटक रिहाई गर्न प्रहरी कार्यालय धाउनु हो।

सांसद लामाले आफूलाई कृत्रिम बौद्धिक प्रणाली (एआई) को माध्यमबाट किस गरेको भिडियो तयार गरी सामाजिक सञ्जालमा सेयर गर्दै चरित्र हत्या गरिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीका अनुसार अदालतको आदेशअनुसार बडुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search