Yug Post

रोल्पाका चार कृषक सम्मानित , माओवादीबाट निर्वाचित वडा अध्यक्ष बने जिल्लाकै सर्वोत्कृष्ट कृषक

Advertisement

३ सय ५० बाख्रा पालेका गंगादेव गाँउपालिका वडा नं ३ का माओवादीबाट निर्वाचित वडा अध्यक्ष लोकमान ओली जिल्लाकै सर्वोत्कृष्ट पशुपालक कृषकको रुपमा सम्मानित भएका छन ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले बिहीबार लिबाङमा आयोजित कार्यक्रममा सर्वोत्कृष्ट कृषक लोकमान ओली सहित ४ जना पशुपालक कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

जस मध्ये सर्वोत्कृष्ट कृषक तथा गंगादेवा गाँउपालिका वडा नं ३ जिनाबाङका वडाअध्यक्ष लोकमान ओलीले माउ र पाठापाठी गरेर ३ सय ५० बाख्रा पालेका छन् । उनी जिल्लामा व्यावसायिक रूपमा बढी बाख्रा पाल्ने एक्ला कृषक हुन् ।

२०७९ मा सम्पन्न स्थानिय निर्वाचनमा ओलीले नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा विजय प्राप्त गरेका थिए भने २०७४ स्थानिय निर्वाचनवाट गंगादेवमा सर्बोकृष्ट मत प्राप्तगरि जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका थिए ।

उनि सगै सम्मानित हुनेमा नुवागाउँका मनिराम घर्तीमगर पनि सम्मानित भएका छन् । उनले जिल्लामै ठूलो बंगुरपालन संचालन गरेका छन् । उनी अंग्रेजी विषयका शिक्षक पनि हुन । उनीसँग करिब ५० माउ बंगुर छन् ।

त्यस्तै गरि मिझिङकी लतादेवीले दुर्गममा पनि व्यावसायिक भैंसीपालन गरेकी छन् । गाईपालक रोल्पा नगरपालिका-६ कोटगाउँकी अनकुमारी घर्ती मगर छन पनि सम्मानित भएकी हुन् ।

जिल्लाभरका पशुपालक कृषकमा ४ उत्कृष्ट कृषक छानिएका हुन त्यसमा पनि सर्वोत्कृष्ट कृषक लोकमान ओली छानिएका पशु सेवा विज्ञ केन्द्र प्रमुख डा शंकर न्यौपानेले युगपोष्ट्सँग बताए

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search