Skip to main content

Yug Post

विपद्‌का समयमा सिकाइ निरन्तरताका लागि ‘रियल’ योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यशाला सम्पन्न

Advertisement

टेक मगर, रोल्पा -त्रिवेणी गाउँपालिकामा विपद्‌का समयमा सिकाइ निरन्तरता सुनिश्चित गर्नका लागि सञ्चालन गरिएको सिकाइ आपूर्तिसम्बन्धी द्रुत सिकाइ योजना (रियल) कार्यान्वयनसम्बन्धी दुईदिने शिक्षक अभिमुखिकरण कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।

गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा जेठ १९ र २० गते (आईतबार र सोमबार) सञ्चालन भएको उक्त कार्यशालामा त्रिवेणी गाउँपालिकाभित्रका ३१ वटा सामुदायिक विद्यालयबाट प्रत्येक विद्यालयबाट एक-एक जना शिक्षकसहित ३१ जना शिक्षकहरुको सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य विद्यार्थीहरूको सिकाइ प्रक्रिया अझ प्रभावकारी बनाउने, विपद्का परिस्थितिमा समेत शिक्षण–सिकाइ प्रक्रिया निरन्तर राख्ने र द्रुत सिकाइ योजनालाई व्यवहारमा उतार्ने रहेको थियो।

कार्यशालामा विश्व तथा नेपालको सन्दर्भमा सिकाइ क्षतिको अवस्थाबारे जानकारी, सिकाइ स्तर पहिचान गर्ने विधि र साधनको प्रयोग, विद्यार्थीको सिकाइ स्तर परीक्षण अभ्यास, अभिलेखिकरण, रिपोर्टिङ, नतिजा विश्लेषण तथा विषयवस्तु छनोट, सिकाइ आवश्यकताअनुसार क्रियाकलाप चयन तथा कार्यान्वयन योजना निर्माण लगायतका विषयमा प्रस्तुती र छलफल गरिएको थियो।

कार्यशालामा द्रुत सिकाइको अवधारणा, प्रयोग हुने रणनीतिहरू तथा तिनको व्यवहारिक प्रयोग सम्बन्धमा समेत विस्तृत छलफल गरी कार्ययोजना निर्माण गरिएको थियो।

तालिमको समापन सत्रमा बोल्दै त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले गाउँपालिकाको शिक्षा क्षेत्र क्रमिक रूपमा सुधारोन्मुख रहेको उल्लेख गर्दै, तालिमले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिमलाई व्यवहारमा लागू गरी उपलब्धीमूलक बनाउन सहभागी शिक्षकहरूलाई आग्रह गर्नुभयो।

उक्त अभिमुखिकरण कार्यशालाको सहजीकरण कालिका स्वावलम्बन सामाजिक केन्द्र, कपिलवस्तुका प्रवन्धक हरिचन्द्र चौधरी, SESP प्राविधिक अधिकृत केशव कुमार बि.सी. र ऋषिकेश डाँगीले गर्नुभएको थियो।

कार्यशालाले सहभागी शिक्षकहरूलाई विपद्को अवस्थामा पनि शिक्षण–सिकाइ निरन्तरता कायम राख्ने ज्ञान र सीप प्रदान गरेको भन्दै सहभागीहरूले खुसी व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search