Skip to main content

Yug Post

आलमले सफाइ पाउनु ,न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ : नारायण काजि श्रेष्ठ

Advertisement

कांग्रेस पुर्व मन्त्री अफताव आलमलाई उच्च अदालत ले सफाई दिएपछि माओवादी बरिस्ठ उपाध्यक्ष तथा पुर्व गृहमन्त्री नारायण काजी श्रेष्ठ कडा प्रतिक्रिया दिएका छन् ।

उनले आज केहिबेर अगाडी सामाजिक संजाल फेस्बुकमा लेखेका छन् ´हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ । कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने “बहादुर ” न्यायाधीश हरुलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा “निर्दोष “बन्दै हिड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो कहाली लाग्दो स्थिति उत्पन्न गर्नेछ ? यसको जिम्मेवारी कसले लिने ? तसर्थ सबै क्षेत्रमा व्यापक कारवाही , रुपान्तरण र सुधारको निम्ति ठूलो जन अभियान सञ्चालन गर्नु जरुरी छ ।`

शेर बहादुर देउवाले सार्वजनिक रुपमै आलम छुट्छ्न छुटाउछु भन्नू र अहिले सत्तामा भएकै बेला जघन्य अपराधमा जिल्लाले जन्म कैद फैसला हानेको ब्यक्तिलाई अदालतले सफाए दिनुले सेटिङकै प्रभाव परेको आम जनताको संका छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search