Skip to main content

Yug Post

अपाङ्गता भएका व्यक्तिहरूको हकका लागि त्रिवेणी गाउँपालिकामा ११ बुँदे ज्ञापनपत्र पेश

Advertisement

रोल्पा, जुगार- टेक मगर – अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्न अपाङ्ग कल्याणकारी समाज नेपाल, त्रिवेणी गाउँपालिका, रोल्पाले ११ बुँदे ज्ञापनपत्र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष समक्ष बुझाएको छ।

अपाङ्ग कल्याणकारी समाज नेपाल त्रिवेणी गाउँपालिका जुगार रोल्पाका अध्यक्ष नोखिराम डाँगी को नेतृत्वमा प्रस्तुत उक्त ज्ञापनपत्रमा संविधानमा प्रत्याभूत पाँचवटा मौलिक हकहरू — शिक्षाको हक, सम्मानपूर्वक बाँच्न पाउने हक, बालबालिकाको हक, सामाजिक न्यायको हक र सामाजिक सुरक्षाको हक — कार्यान्वयनमा स्थानीय सरकारको भूमिकाबारे जोड दिइएको छ।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार अपाङ्गता भएका व्यक्तिहरू शिक्षादेखि रोजगार, स्वास्थ्य, सामाजिक सहभागिता र जीवनयापनका क्षेत्रमा अझै पनि दोहोरो नागरिकको रूपमा अपहेलित जीवन बिताउन बाध्य छन्।

सञ्जालले प्रस्तुत गरेका प्रमुख मागहरूमा स्थानीय तहमा रोजगारीको अवसर, सीपमूलक तालिम, अपाङ्गमैत्री भवन निर्माण, व्यवसाय सञ्चालनको लागि अनुदान, निःशुल्क कानुनी तथा मानव विकास सहायता, अपाङ्गता भत्ता, टुहुरा र बेवारिसे बालबालिकाका लागि आश्रयस्थल, अन्तरक्रिया गोष्ठी, स्मार्ट परिचयपत्रको व्यवस्था तथा सेवा शुल्क निःशुल्क व्यवस्था समावेश छन्।

अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जन र सामाजिक सहभागिताको सुनिश्चितता गर्न स्थानीय सरकार गम्भीर र उत्तरदायी बन्नुपर्ने सन्देश ज्ञापनपत्रमार्फत दिइएको छ।

संविधानको मर्मअनुसार सबै नागरिकका लागि समान अधिकारको प्रत्याभूति गर्न र अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सञ्जालले मागहरू कार्यान्वयनको अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search