Skip to main content

Yug Post

प्रचण्डले थवाङमा सम्बोधन गर्ने विशाल जनसभाको तयारी तिब्र

Advertisement

नेकपा (माओवादी केन्द्र )का अध्यक्ष नेतृत्वको ´जनता सँग माओवादी मध्य पहाडी लोक मार्ग जागरण अभियान अन्तर्गत थवाङमा हुने विशाल आमसभा तयारी तिब्र पारिएको छ ।

झापाको कचनकवल बाट सुरु गरेको जनता सँग माओवादी मधेस तराई जागरण अभियान कंचनपुरमा गएर उत्साहित भएको माओवादीले फेरि दोस्रो चरण अभियान जेठ २ गतेबाट “जनतासँग माओवादी, मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान” अगाडि बढेको छ।

आज कर्णाली प्रदेश प्रवेश गरेको अभियान टोली जेठ ७ गते रोल्पा पुग्ने छ। रोल्पाको थवाङमा हुने आमसभा मा प्रचण्ड लगायतका उच्चस्तरीय नेताहरूले सम्बोधन गर्ने छन् ।आम सभाको तयारी तीब्र बनाएको आयोजकले जनाएको छ।

थवाङ गाउँपालिका ,परिवर्तन गाउँपालीका ,सुनछहरी गाउँपालीका लगायत जिल्लाभरबाट पार्टी कार्यकर्ता , समर्थक ,शुभेच्छुक लगायत सम्पुर्ण जनसमुदायको गौरवमय उपस्थितिको लागी माओवादी जिल्ला समन्वय समिति रोल्पाले आह्वान गरेको छ।

प्रचण्डले जहाँ जहाँ पुगे त्यहीँका सहिद परिवार बेपत्ता घाइते अपांगसँग उनीहरु घर आंगनमै गएर भेटघाट छ्लफल गरेका छन् । त्यहाँको ऎतिहासिक ठाउँको अवलोकन तथा प्रबर्द्धनमा गरेका छन् र थवाङमा पनि गर्नेछन् ।
उनले थवाङमा हुने नेकपा( माओवादी केन्द्र )जिल्ला समन्वय समिति रोल्पाको बैठकमा विशेष प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search