Skip to main content

Yug Post

सयौं जनताले प्रयोग गरिरहेको चबिखोला पुलको सामान जनप्रतिनिधिले नै निकाल्न लगाएको वर्षौंदेखि अलपत्र

Advertisement

तत्कालीन बुढागाउँ गाबिस र हालको त्रिवेणीको ३ र ४ नम्बर वडाको निगालपानी , चक्री सिम्पानी, मथुरापानी , झेबाङ ,कोइला , लिङदुङ छापका मानिसहरु जुगारको हुदै सदरमुकाम जादा हजारौं मानिसले प्रयोग गर्न चबिखोलाको पुल झुलुङे पुल थियो ।
मोटरे बाटो निर्माण सँगै जबिखोलामा पक्की पुलको आवश्यकता परेपछि पक्की पुल निर्माण भयो । त्यसपछि झुलुङे पुल र पक्की पुल गरि दुईवटा पुल एकैठाउँमा भयो । स्थानीय तहको दोस्रो चुनावबाट निर्वाचित जनप्रतिनिधि आएपछि यो झुलुङे पुल माथी आँखा लाग्यो र यसलाई निकाल्ने निर्णय गर्‍यो ।

त्यसमा दैनिक पैदल हिडेर जनजागृती जुगार पढ्न जाने सयौं विद्यार्थी , नेर्पा स्वास्थ चौकी जुगारमा उपचार मा जाने बिरामी ,पालीका जाने सयौं नागरिक , आफ्नो दैनिक घरायसी कामकाजमा ओहोरदोहोर गर्ने नागरिकले विरोध गरे तर स्थानीय सरकारले स्थानीय को कुनै वास्ता नगरि पुलका सामानहरु खोलेर ठाउँ ठाउँ थुपार्यो ।


यसले गर्दा झिलुङे पुल प्रयोग गरेर छोटो बाटो पैदल हिड्ने मानिसले पक्की पुल प्रयोग गरेर घुमेर हिड्न बाध्य बनाएका छन् । “पक्की पुलबाट हिडेर घुमेर जाँदा कयौं पटक पहिलो घण्टीको पढाई छुटेको छ।” एक विद्यार्थीले युगपोष्टसँग बताए

झुलुङे पुलको नजिक घर भएका मानिसहरुले प्रत्यक्ष सास्ती भोगेका छन् । “झुलुङे पुलबाट छोटो बाटो हुन्थ्यो हामीले दाउरा घाँस कुटान पिसान बोकेर परबाट घुमेर हुन्नुपर्दा पालीका मान्छेहरुलाई सत्वसराप गर्दै हिड्छु । यस्तो रिस उठ्छ ” भन्दै पुठियुमा पिठो बोकेकी एक जना महिलाले युगपोष्टसँग प्रतिक्रिया दिइन् ।

स्थानीय उपभोक्ताको बिरोध हुँदा हुँदै पनि हतार हतारमा कहाँ लग्ने किन लग्ने निश्चित नहुँदै पुलको सामान निकाल्नुको रहस्य के हो ? पालीका नेतृत्वको भित्री कारण अन्यत्रका जनतालाई सेवा दिउँ भनेर गरेको भए त्यो पनी गलत हो किनकि अन्यत्रका मात्र जनता होइनन् पौदल यात्रीको लागि आवश्कै थियो अर्को कुरा त्यहाँ याहाँको भन्दा बढी आवश्यकता हो भनेपनी नयाँ नै पुलको पहल गर्नुपर्ने हो।
पुलको सामान निकालेको २ वर्ष भैसक्दा पनि सामान जहाँको त्यहीँ हुनु कतै प्रयोग नहुनुले अन्यत्र अती आवश्यकता भएर निकालेको भन्ने प्रश्नको जवाफ् दिई सकेको छ कि आवश्यकता भएर निकालेको रहेनछ ।निकाल्नेहरुको मनसाय जे -भएपनी परिणाममा जनबिरोधी भयो ।


जनप्रतिनिधिको कारण सयौं जनताले प्रयोग गरिएको झुलुङे पुलको सामान खोलेर व्यवारिसे बनाउनुले त्रिवेणीका जनप्रतिनिधि जनताप्रति कति जिम्मेवार र उत्तरदायी छन् भन्ने स्पष्ट मात्र पार्दैन ठोसरुपमा जनताको आँखैले देखिने कुरामा त यस्तो लापरबाही , गैरजिम्मेवार ,मनलाग्दै छ भने अरु कयौं नदेखिने कुरामा त झन् केके भएको होला भन्ने गम्भीर प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search