Yug Post

वाइसीएल रोल्पाको जिल्ला सम्मेलनमा दुईको अध्यक्ष मत परिणाम बराबर आएपछि आधा आधा कार्यकाल चलाउने सहमति (पूरा विवरण सहित )

Advertisement

योङ कम्युनिस्ट लिग ( YCL) नेपाल रोल्पाको ११ औं जिल्ला सम्मेलनमा दुई अध्यक्षको उम्मेदवारको बराबर मत परिणाम आएपछि आधा आधा कार्यकाल चलाउने सहमति भएको छ।

उपाध्यक्ष ,सचीव, सहसचिव र कोषाध्यक्षमा सबै पदमा सर्वसहमती भयो तर अध्यक्षमा मिलन पुन मगर र दिपेन्द्र घर्ती मगर बीच सहमति नभएपछि पार्टीले चुनाव मा जाने बाटो खुल्ला गरिदियो ।
जिल्लाभरबाट जम्मा भएका प्रतिनिधिहरुले भोटिङ गर्दा मतपरिणाम दुबैको बराबर आयो । त्यसपछि पार्टी र दुबै अध्यक्षको उम्मेदवार बीचको सहमतिमा आधा आधा कार्यकाल चलाउने भयो ।

उमेरको हिसाबले सिनियर मिलन पुन मगर भएकाले पहिलो पालो उनले गर्ने छन् । त्यसपछिको समय घर्ती ले चलाउने छन् । बराबर मत परिणाम आएपछि कि चिठ्ठा टिपेर जसलाई पर्छ त्यहीले अध्यक्ष संचालन गर्ने कि त सहमतिमा आधा आधा कार्यकाल संचालन गर्ने चलन छ।

उपाध्यक्षमा लुइग्री लुङरी गापाबाट लालबहादुर पुनमगर , परिवर्तन गापा बाट हिमलाल रसाइली र सचीवमा सुनिल स्मृति गापाबाट जिबलाल पुनमगर त्यस्तै गरि सहसचीवमा त्रिवेणी गापाबाट टिकाराम राना , सुनछहरी गापाबाट मनबहादुर बिक ,नानीमाया बिक रुन्टीगढी गापा र थवाङ गापाबाट बालकृष्ण बुढा मगर । त्यस्तै गरि कोषाध्यक्षमा युवराज सुवेदी ।

सदस्य हरु सन्दीप बिक , पुर्ण बहादुर बुढा , लोकेन्द्र डाँगी , ललित झाक्री , गिताराम घर्ती , रोसन चौधरी ,सबिधन झाक्री, सुस्मिता रोकामगर ,विजय बुढा मगर ,सुजन घर्ती मगर ,राज विक्रम बुढा मगर ,सुस्मिता झाक्री , खवजित परियार , भुपेन्द्र खड्का ,नवीन थापा ,रमिता नेपाली ,रबिन्द्र झाक्री र सुदिप पुन मगर गरी ३० सदस्यीय जिल्ला समिती निर्वाचित भएको छ।

सम्मेलनको उदघाट्न सत्रमा पुर्व मुख्य मन्त्री जोख बहादुर महरा , पुर्व स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुन , जिल्ला इन्चार्ज राजबहादुर बुढा अबिनास ,पुर्व जिल्ला संयोजक गुनेन्द्र घर्ती , जिल्ला संयोजक रेशम पुन लगायतका अतिथिहरुको उपस्तिथि रहेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search