Skip to main content

Yug Post

रुकुम पश्चिममा स्कोरपियो दुर्घटना : श्रीमान्–श्रीमतीको मृत्यु

Advertisement

रुकुम पश्चिम, सानीभेरी — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० तिमिलेमा स्कोरपियो दुर्घटनामा परि एक दम्पतीको मृत्यु भएको छ। कुलपूजामा सहभागी हुन गएका उनीहरू सवार गाडी आज दिउँसो दुर्घटना हुँदा श्रीमान् घटनास्थलमै र श्रीमतीको उपचारका क्रममा ज्यान गएको हो।

लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको डबल क्याप स्कोरपियो दाङबाट रुकुमतर्फ आउँदै गर्दा तिमिलेमा दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले जानकारी दिए। दुर्घटनामा परी सानीभेरी–१० सार्कीमारे स्थायी घर भई हाल दाङमा बस्दै आएका ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको हो। उनकी ४४ वर्षीया श्रीमती लीला ओलीको चौरजहारी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो।

गाडीमा सवार नरबहादुरकी माइली आमा र गाडी चालक गम्भीर घाइते भएका छन्। उनीहरूको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चार जना सवार उक्त स्कोरपियो दिउँसो करिब २ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search