Skip to main content

Yug Post

रोल्पा जुगारमा सन्त निरंकारी मिशनको विशेष पहलमा ५७ जनाले गरे रक्तदान (फोटोसहित)

Advertisement

रोल्पा//टेक मगर// “मानिसको रगत नालीमा होइन, नाडिमा बगाउनुपर्छ” भन्ने गहिरो सन्देश बोकेर सन्त निरंकारी मिशनले ४५औं मानव एकता दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।


घोराहीस्थित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा २३ जना महिला र ३४ जना पुरुष गरी जम्मा ५७ जनाले रक्तदान गरे। रक्त सञ्चार केन्द्रका प्रमुख दिलीप न्यौपानेसहित ठाकुर पौडेल, गोपी चौधरी र नरेश चौधरीले रक्त संकलन कार्यको व्यवस्थापन गरेका थिए।


कार्यक्रमको प्रमुख अतिथिका रूपमा त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाठा सहभागी हुनु भएको थियो। सभाध्यक्ष सन्त निरंकारी मण्डलका केन्द्रीय सदस्य दल बहादुर राणाले रक्तदानलाई नियमित अभियानका रूपमा अघि बढाइने जानकारी दिनुभयो। उहाँले रगतको आवश्यकताका बेला सिधै सम्पर्क गर्न ९८५७८२५७११ नम्बर समेत उपलब्ध गराउनुभएको छ।

स्वागत मन्तव्य तेजबहादुर डाँगीले दिनुभएको उक्त कार्यक्रममा निमा केसीले स्वागत गीत प्रस्तुत गरेर वातावरणलाई अझ उत्साहपूर्ण बनाएकी थिइन्।


सन्त निरंकारी मिशनका अनुसार, अस्पतालमा बिरामीहरूले रगतको अभावका कारण भोग्नुपर्ने पीडालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम आयोजना गरिएको हो। मिशनले प्रत्येक वर्ष मानव एकता दिवसको अवसरमा यस्ता सेवा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। र, आवश्यक परे जुनसुकै बेला पनि रक्तदानका लागि अग्रसर हुने प्रतिबद्धता दोहोर्‍याइएको छ।


रगतको नालीमा बग्ने सट्टा नाडिमा बगाउने अभियानमा समर्पित सन्त निरंकारी मण्डलले सामाजिक सेवामा एक नयाँ प्रेरणा दिएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search