Yug Post

अनेरास्ववियुको ३५ वर्षे गढ अखिल (क्रान्तिकारी )ले भत्कायो

Advertisement

भोजपुर क्याम्पसमा अखिल( क्रान्तिकारी ) ले पहिलोपटक अनेरास्ववियु र नेविसंघको गठबंधन लाई पराजित गर्दै ४६ देखिको अनेरास्ववियुको गढ भत्काएको छ।

स्ववियु निर्वाचनको इतिहासमा अधिकांश समय एमाले निकट अनेरास्ववियुले नेतृत्व गर्दै आएको छ । अनेरास्ववियुले ४६ सालदेखि ८ पटक चुनाव जितेको छ भने कांग्रेसले करिब ३ पटक मात्रै यहाँ स्ववियु जितेको छ। यसपालि नेविसंघ र अनेरास्ववियुको गठबन्धन भएको थियो र नेतृत्व नेविसंघको पोल्टामा गएको थियो

विगतमा एक्ला एक्लै भिड्दा पनि भोजपुर क्याम्पसको स्ववियुमा एमाले र कांग्रेसनिकट विद्यार्थीहरू नै स्ववियुको नेतृत्वमा पुग्थे । तर, मंगलबार भएको स्ववियु निर्वाचनको नतिजाले यी दुवै दललाई नराम्रो धक्का दिएको छ ।

याहाँको स्ववियुको नेतृत्व नेकपा (माओवादी केन्द्र )निकट अखिल क्रान्तिकारीले इतिहासमै पहिलो पटक हत्याउन सफल भएको छ । यसअघि निर्वाचनमा कांग्रेस र एमालेनिकट विद्यार्थीहरूलाई टक्कर समेत दिन नसक्ने अवस्थाको क्रान्तिकारीले पहिलो पटक स्ववियु सभापति जित्न सफल भएको छ, त्यो पनि मोर्चा बनाएर लडेका कांग्रेस र एमालेनिकट विद्यार्थीहरूलाई घुँडा टेकाउँदै ।

यश क्याम्पसमा मंगलबार राति आएको नतिजाअनुसार सभापति पदमा अखिल क्रान्तिकारीका सोविन तामाङले अनेरास्ववियुको साथ पाएर मैदानमा उत्रिएका नेविसंघका अशोक कार्कीलाई २५ मतले पराजित गरे ।

अचम्म त कसरी भयो भने एमाले र कांग्रेसनिकट विद्यार्थीहरूले इमान्दारीपूर्वक मत खसालेको भए प्यानल नै निर्वाचित हुने अवस्था थियो । तर, सोविनले यसअघिका आफ्ना रचनात्मक र विद्यार्थीहरूलाई गरेको सहयोग कारण नतिजा उल्ट्याइदिए ।

समानुपातिकतर्फको मतमा पनि अखिल क्रान्तिकारी अगाडि देखिएको छ । परिणामअनुसार क्रान्तिकारी र जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनको पक्षमा सभापति र सचिव दुई कार्यकारी पद गएको छ ।

उता अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलले कोषाध्यक्षसहित ५ सदस्य पद जितेका छन् । यी दुई संगठनमध्ये अनेरास्ववियुले कोषाध्यक्षसहित २ सदस्य र नेविसंघले ३ जना सदस्य जित्न सफल भएको छ । तर, अध्यक्ष र सचिवको मत भने दुई संगठनका विद्यार्थीले अखिल क्रान्तिकारी र जसपानिकट समाजवादी विद्यार्थी युनियनलाई दिएका छन् ।

अर्को चाखलाग्दो कुरा के छ भने भोजपुर क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघले समानुपातिकतर्फको मत एकै बाक्सामा थापे । यति हुँदा पनि समानुपातिकतर्फसमेत अखिल क्रान्तिकारी पहिलो भएको छ ।

भोजपुर क्याम्पसका प्रमुख पर्वत राईले दिएको जानकारी अनुसार समानुपातिक मत जम्मा ४८९ खसेको थियो । जसमा एक्लै बाक्सा थापेको अखिल क्रान्तिकारीको पक्षमा १७४ मत खसेको छ । नेविसंघ र अनेरास्ववियुको पक्षमा २३१ आएको छ । यसअनुसार स्ववियु सभापति जितेको क्रान्तिकारी समानुपातिकमा पनि पहिलो बनेको छ। उता समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियूले ७६ समानुपातिक मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search