Skip to main content

Yug Post

त्रिवेणी गाउँपालिका का अध्यक्ष र उपाध्यक्ष को २ करोडको बार्गेनिङ प्रति सिजल यस्तो भन्छन्

Advertisement

रोल्पाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमाथि २ करोड रुपैयाँको बार्गेनिङ काे आरोप छ। लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र पुन सिजलले उक्त आरोप लगाएका हुन्। तर, उनले यसबारे थप संवाद गर्न अस्वीकार गर्दै उद्योग मन्त्रालयमै पीएल संघाइले उनीहरूकै अगाडि बार्गेनिङ गरेको बताएका कारण आफू बोल्न नपर्ने बताएका छन्।

सांसद सिजलका अनुसार लिबाङमा भएको उद्योग वाणिज्य बैठकका क्रममा उनले गाउँपालिकाका अध्यक्षलाई एकान्तमा बोलाएर उपाध्यक्षले बार्गेनिङ गरेको बारे सोध्दा अध्यक्षले आफू पनि सँगै गएको र उपाध्यक्षले बार्गेनिङ नगरेको बताएका थिए। यद्यपि, सिजलले उनलाई विचार गर्न सुझाव दिएका थिए।

सिजलले गाउँपालिकामा गएर पनि उक्त विषय उठाए तापनि गाउँपालिकाले कुनै चासो नदेखाएको बताएका छन्। उनले यो विषय पहिले नै कार्यपालिकाको बैठकमा उठाउनुपर्ने भए पनि भित्रभित्रै टालटुल गर्न खोजिएको बताएका छन्।

सांसद सिजलका अनुसार उनले यो विषय उठाउनु पूर्व नै लुम्बिनी प्रदेशका एमाले र कांग्रेसबाट संयुक्त विज्ञप्ति जारी भइसकेको थियो। उनले प्रदेश संसदको हैसियतले यो विषय संसदमा उठाएको बताए।

प्रमाणबारे सोध्दा सांसद सिजलले आफूलाई अदालतले प्रमाण पेश गर्न भनेको छैन र सांसदहरूले मागेको पनि नभएकाले हालसम्म प्रमाण नदिएको स्पष्ट पारे।बाटोबाटोमा प्रमाण दिँदै हिँड्नुभएन उनले भने।
उनले प्रमाणका रूपमा उद्योगमन्त्री दामोदर भण्डारी, त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा, उपाध्यक्ष लेखमणि डाँगी, र व्यवसायी पुरुषोत्तमलाल (पीएल) संघाइलाई साक्षीका रूपमा प्रस्तुत गरेका छन्।

उनका अनुसार पीएल संघाइले नै उद्योग मन्त्रालयमै “२ करोडको बार्गेनिङ भएको हो, रकम दिइएको छैन तर बार्गेनिङ भएकै हो” भनेर स्पष्ट रूपमा बताएका थिए। सिजल भन्छन्, “पीएल संघाइले पशुपतिलाई साक्षी राखेर यो कुरा बताएका छन्, त्यसैले उनीहरू नै प्रमाण हुन्।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search