Skip to main content

Yug Post

दरबन्दी कटौती गर्दै दरबन्दी सूचकका आधारमा मूल्यांकन गरी उत्कृष्ट झन्डा वितरण गरिनु विवादित विषय बनेको छ।

Advertisement

टेक मगर ,रोल्पा – रोल्पाको त्रिवेणीमा स्थानीय सरकारले कटौती गर्दै झन्डा वितरण गर्न खोज्नुले शिक्षामा असर पार्दै छ।

प्रा.वि विद्यालयहरूमा दरबन्दी कटौती गर्दै दरबन्दीसूचकका आधारमा मूल्यांकन गरी उत्कृष्ट झन्डा वितरण गरिनु विवादित विषय बनेको छ। स्थानीय शिक्षा प्रेमीहरूका अनुसार दरबन्दी कटौती गरी विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता हुँदाहुँदै पनि मूल्यांकनको नाममा झन्डा वितरण गर्नु निरर्थक छ।

“मुख्य कुरा गुणस्तरीय शिक्षा हो, दरबन्दीको अभावमै मूल्यांकन गर्नुले के अर्थ राख्छ?” एक विद्यालय प्रधानाध्यापक भन्छन्, “यो त केवल भत्ता पचाउने खेल मात्र हो।”

विद्यालयहरूले अंक प्राप्त गर्न हतारहतारमा बनावटी तयारी गर्नुपर्ने बाध्यता रहेको शिक्षासँग जोडिएका सरोकारवालाहरू बताउँछन्। “हामी अंक प्राप्त गर्न होइन, वास्तविक गुणस्तर सुधार गर्न चाहन्छौं।”

यसबाहेक, कतिपय शिक्षक तथा अभिभावकहरू शिक्षाको मूल उद्देश्य ओझेलमा पर्ने खतरा रहेको बताउँछन्। एक अभिभावकले भने, “मातृत्व जोगाउनका लागि छोराछोरीको गास समेत कटाएर संघर्ष गरिरहेका छौं। यस्तो अवस्थामा दरबन्दी कटौती गरेर गरिएको मूल्यांकन अन्यायपूर्ण छ।”

शिक्षा प्रणालीमा सुधार आवश्यक छ भन्ने पक्षमा सबै सहमत छन्। तर दरबन्दीको उचित व्यवस्थापन नगरी मूल्यांकन र झन्डा वितरणले शिक्षाको गुणस्तरमा कस्तो प्रभाव पार्छ? यो विषयमा अझै गहिरो बहस आवश्यक देखिन्छ।
स्थानीय सरकारले शैक्षिक सत्रको सरुवामै यस्तो प्रक्रिया बाट मुल्यांकन हुन्छ भन्नुपर्नेमा लास्ट्मा आएर गर्नुले विद्यार्थीको परिक्षा नजिकै आएको बेला अनावश्यक भारी बोलाउनुले ठुलो असर पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search