Skip to main content

Yug Post

डेढ अर्ब हिनामिनाको आरोपमा एमाले नेता थापा पक्राउ

Advertisement

सहाकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । उनीसहितको समूह माथि म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिना गरेको आरोप छ । उनी नेकपा (एमाले) का नेता हुन् ।

उक्त सहकारी ठगीको सम्बन्धमा गत जेठमा उजुरी परेको थियो । सो सहकारी अपचलन सम्बन्धमा सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानविन गरेको थियो । उक्त छानविन प्रतिवेदनले थापा नेतृत्वको समितिले सर्वसाधरणको बचत अपचलन गरेको निष्कर्ष निकालेको थियो । प्रतिवेदनमा थापालाई सहकारी ठगीको मुख्य योजनाकार उल्लेख गरिएको छ ।

थापासहितको टिमले सहकारीको रकम अपचलन गरी ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउने जस्ता कार्यमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीका वर्तमान अध्यक्ष यमबहादुर रोकाले आर्थिक हिसाबकिताब छानबिन गरिदिन माग गर्दै ०८१ जेठ सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएका थिए । उक्त सहकारीमा थापा दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष थिए ।

एमाले नेता थापा बेनी बजारमा रहेको बुद्ध एकेडेमीका सञ्चालकसमेत हुन् । उनले कुमारी सहकारीबाट उक्त विद्यालमा विना धितो १६ करोड रुपैयाँ लगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search