Skip to main content

Yug Post

 भारतले नबोलाए पछि हारगुहार गरेर प्रधानमन्त्री केपी ओली चीन जानुभयो :वर्षमान पुन

Advertisement

पर्वत । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी ओलीलाई चीनले निम्ता नदिए पनि भारतलाई देखाउने नाममा पटकपटक अनुनय विनय गरेर बोलाउन लगाएको बताएका छन् । 

माओवादी केन्द्र जलजला गाउँपालिका, पर्वतको तेस्रो अधिवेशन उद्घाटन गर्दै पुनले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरूको आर्थिक विकासबाट नेपालले आर्थिक लाभ लिन सक्ने उल्लेख गरे ।  

प्रधानमन्त्री चीन भ्रमणमा गएको विषयमा नभई पहिला भारत जाने प्रयास असफल भएपछि उसलाई देखाइदिने मनसाय बोकेर चीन गएकामा आफूहरूले आपत्ति जनाएको पुनको भनाइ थियो  । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले सन्तुलित परराष्ट्र नीति अपनाएर चीनसँग ठुला विकास परियोजनामा सहयोग लिएको र भारतमा १० हजार मेगावाट विद्युत् निर्यातसम्बन्धी समझदारी गरेको स्मरण उनले गरे । तर, वर्तमान सरकारले छिमेकीहरूका बिचमा असन्तुलित सम्बन्ध राख्न खोजेकाले आफ्ना अध्यक्ष प्रचण्डले खबरदारी गरेको उनले उल्लेख गरे । 

‘विश्वको राजनीति बहुध्रुवीयबाट व्यवस्थातिर गइरहेका बेला मुलुकको कूटनीति सञ्चालन गर्दा कतैतिर नढल्किने गरी परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा वर्तमान सरकारले असन्तुलित नीति अपनाएको छ।` पुनले भने, ‘चार महिनासम्म लगातार प्रयास गर्दा पनि भारतले नबोलाएपछि हारगुहार गरेर प्रधानमन्त्री केपी ओली चीन जानुभयो । एकातिर ढल्किन खोज्ने, अनि नपत्याएपछि उसलाई देखाइदिन अर्को छिमेकीतिर ढल्किने तरिकाले हाम्रो राष्ट्रिय स्वाधीनता कमजोर बनाउँछ । चीन र भारतका बिचमा खेलेर होइन, दुवैसँग सहयोग लिने र सन्तुलन कायम गर्न जोड दिइनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’  पुनले ओलीलाई चीनले निम्ता नदिए पनि भारतलाई देखाउने नाममा पटकपटक अनुनय विनय गरेर बोलाउन लगाएको दाबी गरे । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search