Skip to main content

Yug Post

रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति

Advertisement

काठमाण्डौ – थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा ५२ दिनदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो ।

पोखराको अदालतले लामिछानेलाई छैटौँपटक हिरासतमा राख्ने म्याद थप गर्ने क्रममा लामिछानेको मानव अधिकारको विषयमा पनि ख्याल गर्न प्रहरीलाई सचेत गराएको छ । लामिछानेमाथि अनुसन्धानका लागि शुरुमा छ दिन, त्यसपछि सात दिन, १० दिन, १३ दिन र १५ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप चार दिन म्याद थप भएको हो । लामिछानेलाई गएको बुधवार चितवनमा बयान लिएपछि प्रहरीले मध्यरातमा पोखरा फर्काएको थियो ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध चितवन, काठमाण्डौ, रुपन्देही र पर्सामासमेत सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । पर्साबाहेक अरू जिल्लामा बयान सकिएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search