Yug Post

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा माओवादीले गरेको सशस्त्र द्वन्द्वले देशको २० वर्ष खेर गएको बताएका छन्। 

Advertisement

काठमाडौं : एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा तत्कालीन माओवादीले गरेको सशस्त्र द्वन्द्व आवश्यक थिएन जसले देशको २० वर्ष खेर गएको बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया : विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले त्यतिबेला द्वन्द्व आवश्यक थिएन भन्ने पक्षमा अहिलेसम्म पनि रहेको र त्यो एउटा रियालिटी भएको भन्दै त्यसले देशको २० वर्ष खेर गएको बताए। 

उनले भने, ‘लोकतन्त्रमा पाइला चालेको ३५/३६ वर्ष भयो। त्यसमध्ये १० वर्ष सशस्त्र द्वन्द्वमा हामीले खर्च गर्यौं। नेपालमा त्यतिबेला द्वन्द्व आवश्यक थिएन भन्ने पक्षमा अहिलेसम्म पनि म छु। तर, त्यो एउटा रियालिटी हो। त्यसलाई राज्यले राजनीतिक मुद्दाको रुपमा राज्यले लिएर संविधानमा समेत विस्तृत शान्ति सम्झौतामा समेत उल्लेख गरेर सशस्त्र द्वन्द्व भनेर समाधान गर्ने बाटो खोजेका छौं। तर, १० वर्ष लामो द्वन्द्व र त्यसलाई व्यवस्थापन गर्न खर्च अर्को दश वर्ष लाग्यो।’

उनले राजनीतिक मुद्दा मिलाउने कुरामा सशस्त्र द्वन्द्व र शान्ति सम्झौताले परिकल्पना गरेको राजनीतिक मुद्दाहरूको सफलतापूर्वक व्यवस्थापन गरेको भन्दै त्यसको परिणाम नआउनु शान्ति सम्झौता र त्यसको जगमा उभिएको संविधानको दोष नभएको बताए। 

उनले भने, ‘मैले कहिलेकाही नेपाल कहाँ आइपुग्यो भनेर हेर्छु। ३५/३६ वर्षको यात्रामा खर्च गर्नुपरेको २० वर्ष र कोभिडपछिको अवस्था हेरेर नेपाल कहाँ आइपुग्यो भनेर हेर्ने होला। राजनीतिक मुद्दा मिलाउने कुरामा सशस्त्र द्वन्द्व र शान्ति सम्झौताले परिकल्पना गरेको राजनीतिक मुद्दाहरूको सफलतापूर्वक व्यवस्थापन गरेका हौं। त्यसले परिणाम आएको छैन, शान्ति सम्झौताको दोष हो। त्यसकै जगमा उभिएको भनेको संविधानको दोष हो।’

द्वन्द्वको कारण धेरै मान्छेहरूमाथि ज्यादती भएको भन्दै उनीहरुले न्याय पाउन धेरै ढिलो भएको विषयमा आत्मसमीक्षा गर्न आवश्यक भएको पनि उनको भनाई छ। 

उनले भने, ‘धेरै निर्दोष परेका छन्। द्वन्द्वको बेला धेरै मान्छेहरूमाथि ज्यादती भएका छन्। ज्यादतीबाट मारिएकाहरूले न्याय पाउन यति धेरै ढिलो हुनुहुँदैनथ्यो। यसमा सबैले आत्मसमीक्षा गर्नैपर्छ। तर, खुसीको कुरा एउटा मेजेर ब्रेकथ्रू धेरै ढिलो भएपनि संक्रमणकालीन न्यायको सन्दर्भमा राम्रो निर्णय भएको छ।`

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search