Skip to main content

Yug Post

आज देशका विविध ठाउँमा बर्षाकाे सम्भावना

Advertisement

काठमाण्डौ – आज देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कतै –कतै हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिजो बागमती र कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भएको थियो । भोलिदेखि मौसममा क्रमिकरुपमा सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् ।

यसैबीच देशैभर चिसो बढ्न थालेको छ । यसैहप्तादेखि चिसो थप बढ्ने मौसमविद्ले बताएका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ तारिखपछि तीन डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्न सक्ने बताउनुभयो । चिसोका कारण दम, रुघाखोकी, ज्वरोलगायतका समस्या हुने भएकाले आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्यविद्ले सुझाव दिएका छन्

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search