Yug Post

काठमाडौं महानगरद्वारा ४६ ठाउँमा फुलका माला बिक्रीका लागि व्यवस्थापन

Advertisement

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री/वितरणलाई व्यवस्थित गर्न महानगरपालिका क्षेत्रभित्रका ४६ वटा ठाउँमा बिक्री/वितरणको व्यवस्थापन गरेको छ । प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री/वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरेको जनाएको छ ।

गएको वर्ष पनि महानगरपालिकाले प्रदर्शनीमार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने ठाउँ मिलाएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल बिक्रेता किसानलाई सहज बनाउन आवश्यक पहल गरिएको मेयर बालेन्द्र शाहले बताउनुभयो ।

त्यस्तै व्यापारीलाई प्लास्टिकजन्य फूल तथा अन्य सजावटका सामग्री बिक्री/वितरण नगर्न महानगरले अनुरोध गरेको छ । लुकीछिपी बिक्री गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search