Skip to main content

Yug Post

दशैकाे अवधिमै दाङमा ४८ जुवाडे पक्राउ

Advertisement

दाङ – दाङमा दशैँको अवधिमा ४८ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले असोज महिनामा १२ दिनको अवधिमा जुवा खेल्ने र खेलाउने ४८ जनालाई पक्राउ गरेको हो । असोज १६ गतेदेखि २७ गतेसम्म जुवा खेलेको र खेलाएको आरोपमा ४८ जनालाई पक्राउ गरेको र जुवाको खालबाट पाँच लाख २७ हजार ६ सय १० रुपैयाँ बरामद भएको छ ।

प्रहरीकाअनुसार असोज १६ गते ७ जना पक्राउ पर्दा ५८ हजार चार सय ५५ रुपैयाँ बरामद भएको छ । यस्तै असोज १८ गते आठ जना पक्राउ गर्दा एक लाख ७२ हजार पाँच सय ८५, असोज २२ गते पाँच जना पक्राउ पर्दा ७० हजार एक सय १०, असोज २४ गते आठ जना पक्राउ पर्दा ७९ हजार, असोज २६ गते ११ जना पक्राउ पर्दा एक लाख ६ हजार पाँच सय ५५ र असोज २७ गते नौ जना पक्राउ पर्दा ३४ हजार पाँच रुपैयाँ बरामद भएको छ ।

दाङ प्रहरीले अघिल्लो वर्षभरि २२ जना जुवाडे पक्राउ गर्दा दुई लाख ८२ हजार दुई सय सय ७० रुपैयाँ बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search