Yug Post

सल्यान बुरेली खोला नजिक फोर्स गाडी दुर्घटना १७ जना घाइते

Advertisement

सल्यान ,२४ असोज ।
सल्यानको कुमाख गाउँपालिका वडा नम्वर १ वुरेली खोला नजिकै लु २ ख ५००२ नम्वरको फोर्सगाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गाडीमा सवार १७ जना घाईतेहरु मध्ये २ जनालाई अस्पतालले थप उपचारको लागि नेपालगञ्ज रेफर गरेको डाक्टर निमरोद लिम्वुले जानकारी दिनुभयो । अन्य एकजना पनि थप उपचारको लागि नेपालगञ्ज गएका छन ।

घाईतेहरुको टाउको, हात, खुटटा, ढाड, लगाएत शारिरीरका विभिन्न भागमा चोट लागेको छ । गाडी व्रेकफेल भएर दुर्घटनामा परेको हुन सक्ने सल्यान प्रहरीले वताएको छ ।
दुर्घटनामा परी घाईते हुनेहरुमा कुमाखगाउँपालिका वडा नम्व्र ३ निवासी १५ वर्षिय विनोद नाथ योगी, वडा नम्वर ४ निवासी ३४ वर्षिय घनश्याम के।सी, चौरजहारी नगरपालिका वडा नम्वर १ रुकुम पश्चिम निवासी,३५ वर्षिय सुस्मिता आचार्य, २४ वर्षिय स्वस्तिाका आचार्य, १६ वर्षिय सूदिप गौतम र ३३ वर्षिय त्रिलोचन गिरी रहेका छन ।

त्यस्तै गरि सल्यानको कुमाखगाउँपालिका ३ निवासी ६० वर्षिय बसन्ता भारती, वडा नम्वर ४ निवासी गिता वुढा, २२ वर्षिय सुसान्त राणा, सोही पालिका वडा नम्वर १ निवासी ३० वर्षिय विशाल चन्द, १२ वर्षिय सलिना शाही,२२ वर्षिय संम्झना भारती, २५ वर्षिय हरिभक्त सुनार, २२ वर्षिय दिपक योगी, २१ वर्षिय सूजाता वुढाथोकी, १८ वर्षिय विनिता नाथ योगी, २० वर्षिय विन्दुनाथ योगी रहेका छन ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search