Skip to main content

Yug Post

कविता:शुक्ष्मदर्शक यन्त्र

Advertisement

स-साना मिलेर ठुलो रुप लिएका
अनेक थरी रोग फैलाउने किटाणुहरु जस्तै
समाजमा फैलिरहेका
असमानताका किटाणुहरु
विभेदका किटाणुहरु
अन्यायका किटाणुहरु
विकटताले विनाश निम्त्याएका किटाणुहरु
यत्र तत्र छरपस्ट छरीएर भयंकर छन् ।
जस्लाइ फराकिलो रुपमा हेर्नुपर्ने छ ।
सामाजिक सुरक्षाको सुक्ष्मदर्शक यन्त्र द्वारा
जसबाट देखिनेछन छर्लङ्ग ती किटाणुहरु
र मात्रै नष्ट गर्ने औषधि बन्नेछ

जोरजोरले कराइरहेका आवाजहरु
डर धम्किको दासी बनी
थुनिएका आवाजहरु ,
चरित्र हत्या नभैदेओस भनी
रोकिएका आवाजहरु
सुस्त सुस्त हुँदै थकित
तीन वर्षका बालिकादेखी तिरहत्तर वर्षका
आमाहरुको अर्तनाद रोदनका आवाजहरु
बलात्कृत बनी सेलाउन खोजेका
मसिना धुमैलो सुनिने आवाजहरु
न्याय माग्दा माग्दै
अन्यायको लेप लागेर
मधुरा बनेका कारुणिक आवाजहरु
यी सबै आवाजलाइ प्रष्ट सुन्ने कान मात्रै हैन
यी आवाजलाई न्याय गर्ने
जुनसुकै अदालतले पनि सहजै देख्न सक्ने
न्यायको शुक्ष्मदर्शक यन्त्र बनाउनु छ ।

महिला र पुरुषमा तेत्तीस प्रतिशतको विभेदले गर्दा
योग्य दक्ष र क्षमतावान हुँदा पनि
सह र उप पदमा चुनिएर
तल पारिएका नारीहरु
अझ ,,
चिथोरी चिथोरी अप्रत्यक्ष रुपमा खोक्रो बनेका
असमामानताका जराहरु,
जातीय विभेदले ओइलिएका
कयौं नबराज बिकहरु ,
घाउ ताजै छन् ।
यी सबै विभेद हटाउन
समानताको शुक्ष्मदर्शक यन्त्र कहिले बन्छ ?

विकट बस्तीमा प्रसव बनाउन
डोकिमा बोकी अस्पताल नपुग्दै अस्ताएका
कयौं आमाहरुका चिसा परेलीहरु ।
अनि
टुकी मुनी अक्षरका दाना खोजिरहेका
कलिला मुनाहरु
आउला आउला भनी
विकासका बाटाहरु
पर्खिरहेछन् ।

त्यस्तै ,,
मजबुत भइ ठडिनुको मजा
उचाइ र तागतको घमण्ड गर्दै
टेकेर पैतालाले छातीमा
दबाइरहेका पुजीवादको रजाइँ
सर्वहारा र निमुखा बिच
पहाड र मैदान जस्तै
अन्तराल छ ,,
दब्दबाहट छ
यहाँ सके गर नसके मर भन्नेको कमि छैन
तपाइको नाङ्गो आँखाले यो सबै नदेख्न सक्छ
आउनुहोस म दिन्छु तपाइलाइ
हामी शोषित, पिडित मनको लेन्स राखिएको
एउटा शुक्ष्मदर्शक यन्त्र
त्यसबाट सबै देखिन्छ ।
कल्पना परियार  ( सल्यान ) ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search