Skip to main content

Yug Post

५० किलो लागू औषध चरेस र अफिम सहित रुकुम पुर्वका ३ जना घोराहीबाट पक्राउ

Advertisement

दाङ २३ असोज ।
ठुलो परिणाममा लागू औषध चरेस र अफिम सहित रुकुम पुर्वका ३ जना दाङको घोराहीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

मंगलबार घोराही उपमहानगरपालिका –१८ मसिना स्थित सितारामको घरबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रुकुम पुर्व पुथा उत्तरगङ्गा गाउँपालिका– ४ निवासी ३७ वर्षका सुविन्द्र पुन, सोही ठाउँ बस्ने ५१ वर्षका चेतन बुढा र भुमे गाउँपालिका घर भई हाल दाङको घोराही उपमहानगरपालिका –१८ मसिना स्थित सिताराम बन्जाडेको घरमा कोठा भाडामा बस्ने ४२ वर्षकी बिनी पुन रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३८ किलो ९७२ ग्राम चरेस ११ किलो १८० ग्राम अफिम, लागू औषध तौल गर्ने डिजिटल तराजु एक थान र एक थान कैचि बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी इश्वर थापाले जानकारी दिनुभयो ।

दिउँसो २ बजे चरेस र अफिम सहित उनिहरुलाई गोप्य सूचनाका आधारमा डीएसपी इश्वर थापाको कमाण्डमा गएको १० जना प्रहरी टोलीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search