Yug Post

रोल्पाको माडी गाउँपालीकाले चाडपर्वलाई मध्ये नगर गरेर बजार अनुगमन गरेको छ ।

Advertisement

रोल्पा – रोल्पा माडी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा बजार अनुगमन गरिएको छ । टोलीले माडीगाउँ पालीका २ को घर्तिगाउँ बजारमा सोमबार देखी थालिएको अनुगमन आज सम्पन्न गरेको गरेको छ।

नेपालीहरुको महान चाडपर्व दशैं र तिहारमा अखाद्य बस्तु बिक्रि वितरण हुने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने खतरालाई मध्यनजर गरेर माडी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा बजार अनुगमन टोलीले माडी २ को घर्तिगाउँको बजार हिजो देखि अनुगमन थालेको थियो ।

अनुगमनको क्रममा म्याद गुज्रिएका अखाद्य बस्तुहरु चिया पत्ति, विस्कुट, मिठाइ, भुजा, पिय पदार्थ आदिलाई बरामद गरेर नष्ट गरिएको छ । अनुगमनमा देखिएका कमी कमजोरी जस्तै: मुल्य सूची नभएको, दर्ता नविकरण नभएको, साइन वोर्ड नभएकोलाई पहिलो पटक सुझाव दिदै अर्को पटकको अनुगमनमा कारवाहीको प्रक्रियामा लगिने भनेर चेतावनी दिएको अनुगमन टोलीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search