रोल्पा माडी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा बजार अनुगमन गरिएको छ । टोलीले माडीगाउँ पालीका २ को घर्तिगाउँ बजारमा सोमबार देखी थालिएको अनुगमन आज सम्पन्न गरेको गरेको छ।
नेपालीहरुको महान चाडपर्व दशैं र तिहारमा अखाद्य बस्तु बिक्रि वितरण हुने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने खतरालाई मध्यनजर गरेर माडी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा बजार अनुगमन टोलीले माडी २ को घर्तिगाउँको बजार हिजो देखि अनुगमन थालेको थियो ।
अनुगमनको क्रममा म्याद गुज्रिएका अखाद्य बस्तुहरु चिया पत्ति, विस्कुट, मिठाइ, भुजा, पिय पदार्थ आदिलाई बरामद गरेर नष्ट गरिएको छ । अनुगमनमा देखिएका कमी कमजोरी जस्तै: मुल्य सूची नभएको, दर्ता नविकरण नभएको, साइन वोर्ड नभएकोलाई पहिलो पटक सुझाव दिदै अर्को पटकको अनुगमनमा कारवाहीको प्रक्रियामा लगिने भनेर चेतावनी दिएको अनुगमन टोलीले बताएको छ।


