– रोल्पा । रोल्पाको त्रिवेणी ३ लिङदुङमा असोज २९ गते देखि कार्तिक १३ गते सम्म वृहत् महोत्सव सञ्चालन हुने भएको छ।
सयपत्री सदावहार युवा क्लब त्रिवेणी ३ लिङदुङ रोल्पाको आयोजनामा `आफ्नो उत्पादन आफ्नै बजार,कृषि उत्पादन र पर्यटन त्रिवेणी समृद्धिको आधार´ भन्ने मूल नाराका साथ महोत्सवको तयारी गरिएको छ ।
महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त ज्योति मगर देखी स्थानीय कलाकारहरूको जमघट हुने जसले स्थानीय कलाकारहरुको उत्प्रेरित गर्नुको साथै महोत्सवमा सहभागीहरुलाई मनोरञ्जन दिने उद्देश्य राखिएको आयोजकले युगपोष्टसँग बताएको छ।
जुगारी चामल भनेर प्रचित भएको तर छाप लिङ्दुङमा उत्पादन हुने स्थानीय खुमल चार धानको प्रचारप्रसारका लागि अतिथिहरुलाई खुमलचार धानको चामलबाट भनेको खिर खुवाउने कार्यक्रम रहेको छ। त्रिवेणीको पर्यटन प्रवर्द्धन गर्न प्याराग्लाइडिङ र ड्रोनबाट त्रिणेणीका सुन्दर फाटमा झुलेको धान लगायतका कृषि बालीको भिडियो शूट गरिने कार्यक्रम रहेको संयोजक अर्जुन वलीले युगपोष्टसँग बताए ।
आयोजकले पालीका केन्द्र जुगारमा पत्रकार सम्मेलन गरेर महोत्सव सफल पार्ने भौतिक नैतिक र आर्थिक सहयोग गर्न राजनैतिक दल ,जनप्रतिनिधि ,शिक्षक व्यापारी, बुद्धिजीवी, पत्रकार, किसान लगायत आम नागरिक सबैलाई अनुरोध गरेको छ। पत्रकार सम्मेलनमा गाउँपालीकाले एउटै मिति उस्तै कार्यक्रम गर्ने अनुमति दिएको प्रति दुख व्यक्त गर्नुको साथै पालीका गैरजिम्मेवार भएको समेत बताएको छ।


