Skip to main content

Yug Post

दोषी ठहर भएका कांग्रेस संसद धनबहादुर केसी र मन्त्री कुर्मी पदमुक्त गर्न माग गर्दै नेकपा बहुमतले रोल्पा जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझायो

Advertisement

रोल्पा – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) रोल्पाले सोमबार जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र बुझाएको छ । अदालतबाट दोषी ठहर रुकुम पूर्वका कांग्रेस प्रदेश सांसद धनबहादुर केसी र लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीलाई कानुनी कारबाही गर्न मागस हित नेकपा (बहुमत) रोल्पाले ज्ञापन पत्र बुझाएको छ् ।
नेकपा (बहुमत)का जिल्ला इञ्चार्ज तिलकको हस्ताक्षर सहितको ज्ञापन पत्र आइतबार नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएका थिए । मन्त्री कुर्मी र सांसद केसीलाई उनीहरूको कसुर अनुरुप सांसद पदमा रहिरहन कानुन बिपरित रहेको हुँदा तत्काल सांसद पदबाट हटाउन माग गरेका नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले चरणबद्ध आन्दोलनको घोषणा गरेर आन्दोलन गर्दै आएको छ ।
मन्त्री कुर्मीमाथि बाँकेकी निर्मला कुर्मीलाई अपहरण तथा बन्धक बनाइ बेपत्ता पारेको गम्भीर आरोप छ ।
त्यस्तै सांसद केसी माथि किर्ते गरेको अभियोग छ । २०४८ साल असार ६ गते तत्कालीन जिल्ला न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।
श्रीमती सँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा ३२ वर्ष पहिले अदालतले उनलाई त्यस्तो फैसला सुनाए पछि उनी फरारको सूचिमा रहँदै आएका छन् । उनी सत्ता र शक्तिको आडमा प्रहरीबाट बच्ने मात्र होइन मतदातालाई झुक्याएर निर्वाचित भएर अहिले संसद भएकाछन् उनले मुख्यमन्त्री चेतनारायन आचार्यलाई विश्वासको मतदिन उपस्थित भएका थिए । जसले प्रमाणित गर्छ कि उनी संसद बैठकमा नियमित उपस्थित हुन्छन् ।
यही विषयमा केन्द्रित रहेर नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले पहिलो चरणमा सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अनुसार भाद्र १७ गते प्रदेश राजधानीमा पत्रकार सम्मेलन गरेको थियो भने आज १८ गते लुम्बिनी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षन पत्र बुझाउने कार्यक्रम अनुसार बुझाएको छ। भोलि १९ गते बिभिन्न माध्यमबाट संघर्षका कार्यक्रम प्रचार प्रसार गर्ने, २० गते लुम्बिनी प्रदेशका सबै जिल्लामा मसाल जुलुस गर्ने र भाद्र २१ गते लुम्बिनी प्रदेश भरी सरकारी गाडी अनिश्चितकालीन चल्नमा रोक लगाउने रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) रोल्पाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search