Skip to main content

Yug Post

पर्यटक पर्खीरहेकाे काँक्रेविहार

Advertisement

सुर्खेत भदौ  ५ : कर्णाली  प्रदेश राजधानी विरेन्द्रनगर सुर्खेतकाे नजिक लाटीकाेइलीमा ऐतिहासिक साँस्कृतिक तथा धार्मिक महत्वकाे  सम्पदा काँक्रेविहार अवस्थित छ । विभिन्न  आकृतिमा ढुङ्गा  कुदेर   निकै  काैशल कला बाट निर्माण गरिएको छ । काँक्रेविहार मध्यकालीन खस राज्यको समयमा १३ ओै शताब्दीमा राजा अशाेक चल्लकाे पालामा निर्माण भएको पाइन्छ । विक्रम  संवत्  २०१२ सालदेखि याेगी नरहरिनाथले प्रचार गरि चर्चामा  ल्याएका थिय । त्यस यता पुरातत्व विभाग र अनुसान्धान विधहरुकाे ध्यानाकर्षण भई जिर्ण काँक्रेविहार २०५७ देखि पुन: निर्माण भएको हाे । इतिहासका जानकार अनुसार विक्रम संवत्  १८९० भुकम्पले जिर्ण बनेकाे मान्यता छ भने अर्कोतिर युद्व वा लडाइँको समयमा याे आक्रमण गरि जिर्ण भएको पाइन्छ  ।

स्थानीय जानकार तथा यश काँक्रेविहार संरक्षणमा गरिरहेका सुरत बहादुर  रावलका अनुसार  काँक्रेविहार भित्र २०२८ वटा मुर्ति रहेको बताए  ।   याे  काँक्रेविहार वन क्षेत्र अवस्थित याे नेपालकाे पहिलाे संरक्षीत बन क्षेत्र  १७५ हेक्टरमा भएको र मंदिर क्षेत्र १.३० हेक्टरमा रहेकाे छ । यहाँ बाैद्व  तथा हिन्दु धर्मावलम्बीहरु काँक्रेविहार पुग्ने  गर्दछन । कर्णाली घुम्ने सबैको राेजाई काँक्रेविहार बन्न पुगेको छ । हराभरा वन भित्र रहेको काँक्रेविहार पुग्दा ढुङ्गा कला काैशल द्वारा निर्माण मुर्ति संरचना हेर्दा सबै माेहीत बन्दछन भने निर्माण र इतिहासबारे जिज्ञासा उत्पन्न हुनेगर्छ ।

दैनिक सयाै पर्यटन यहाँ पुग्ने गर्दछन । कर्णाली प्रदेश राजधानी विरेन्द्रनगरबाट करिब चार किलोमिटर टाढा रहेको काँक्रेविहार पुग्न पक्की माेटरबाटाे भएपनि बाटाेकाे स्तरउन्नती र काँक्रेविहार भित्र अन्य पर्यटक लाेभ्याउने याेजनामा सम्बन्धित क्षेत्रकाे ध्यानाकर्षण नभएको स्थानीय गुनासो रहेकाे छ । साथै  ऐतिहासिक  तथा पुरातात्विक पक्षको अध्यन अनुसन्धान हुनुपर्ने स्थानीय सुरत बहादुर रावल बताउँछन् । काँक्रेविहार अझेै व्यवस्थित याेजना अभाव भएपनि  कर्णाली पुग्ने सबैकाे राेजाई उत्तम पर्यटकीय गन्तव्य बनेर पर्यटक पर्खीरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search