Yug Post

रोल्पाको त्रिवेणी गाउँपालिका चबिमा अटो दुर्घटना

Advertisement

साेमबार दिउँसो रोल्पाको त्रिवेणी गाउँपालिका वडा-५ चबि स्थित जुगार बाट लिङ्डुङ तर्फ जाँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

त्रिवेणी गाउँपालिका -३ गाउँटाकुरा बस्ने बर्ष ५१ का अटो चालक निम बहादुर बि क को दायाँ हातमा सामान्य चोट लागेको छ। सोही पालिकाको लिङ्दुङ बस्ने वर्ष ३९ कि शान्ता घर्तिको बायाँ खुट्टामा चोटलागेको छ भने उनकाे छोरी वर्ष १६ की झरना घर्तिलाई दाहिने हातमा चोट लागेको छ। त्यस्तै गरि गोलकट्टी बस्ने १३ वर्षिय रमिता ओलिको दाहिने हातमा चोट सामान्य चोट र नेर्पा बस्ने वर्ष ४० की हिमा कुमारी बि क को बाया खुट्टामा चाेट रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकाेटीले बताए ।

घाइते मध्ये रमिताकाे प्राथमिक स्वास्थ्य केन्द्र नेर्पा जुगारमा उपचार भइरहेको र अन्य ३ जनालाई थप उपचारका लागि दाङ रिफर गरिएको प्रहरी निरीक्षक बराकाेटीले बताए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search