Skip to main content

Yug Post

रोल्पाको सुनिलस्मृती गाउँपालिकाले सुलिचौर र रुइनिबाङ बजार अनुगमन गर्‍यो ।

Advertisement

रोल्पाको सुनिलस्मृती गाउँपालिकामा रहेको मुख्य बजार सुलिचौर र रुइनिबाङमा गाउँपालिकाले अनुगमन गरेको छ।
´ सुलिचौर र रुइनिबाङ बजार क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट ,गेष्ट हाउसहरु गाउँपालिकामा दर्ता भएको नभएको ,देखिने गरि मुल्य सुची टाँस गरेको नगरेको, बासी खाना तथा परिकार बिक्रीवितरण गरेको नगरेको र सरसफाइ गरेको थाहा पाउन अनुगमन गरेको हौं ।` गाउँपालिका अध्यक्ष मनिराम मणिराम वुढाथोकिले बताउनु भयो ।
अनुगमनको क्रममा ७२ वटा होटल मध्ये २३ वटा होटल, रेष्टुरेन्ट, गेष्ट हाउसहरु गाउँपालिकामा दर्ता नभएको पाइएको छ । अधिकांशले मूल्य सुचि टाँस नभएको र सरसफाइ पनि नभएको पाइयो ।
दर्ता नभएका होटल, रेष्टुरेन्ट, गेष्ट हाउसलाई तत्काल दर्ता गर्न र सवैले देख्ने गरी मुल्य सुची टाँस गर्न साथै सरसफाईमा विशेष ध्यान दिन, वाँसी खाना तथा नास्ताहरुलाई वेचविखन नगर्न पहिलो पटक अनुरोध गरिएको छ । अटेरी गरेपछि के गर्न भन्ने पछी निर्णय हुन्छ भनेर गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search