Skip to main content

Yug Post

माओवादी स्थायी समिति बैठकमा कार्यकारी राष्ट्रपतिको एजेन्डा पार्टीले पुनः अघि बढाउनु पर्ने विषय उठेको छ।

Advertisement

स्थायी समितिको आजको बैठकमा नेताहरूले संविधान निर्माणका क्रममा थाँती राखिएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा पार्टीले पुनः अघि बढाउनु पर्ने धारणा राखेका हुन्।

बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादी कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग रहेको बताए।

‘राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको विकल्प छैन भन्ने हाम्रो संस्थागत धारणा पुरानै हो,’ प्रवक्ता सापकोटाले भने, ‘संविधान निर्माणको क्रममा हामीले हिजो नोट अफ डिसेन्ट पनि लेखेका थियौँ। अहिले हामीले संस्थागत रूपमा पनि उठाएका छौँ। यहाँ अस्थिरताको कुरा गरिँदैछ। कांग्रेस र एमालेले स्थायित्व नै चाहेको हो भने राष्ट्रपतिमै जानुपर्छ। महाअभियोगको अवस्थाबाहेक राष्ट्रपति पाँच वर्षसम्म फेरिँदैन । त्यसले मात्रै स्थायित्व दिनसक्छ ।’

प्रवक्ता सापकोटाले बैठकमा अध्यक्ष प्रचण्डले पनि यही कुरा राखेको भन्दै यही आधिकारिक र पार्टीको संस्थागत निर्णय भएको जानकारी दिए।

माओवादी बैठकमा सरकारभन्दा संगठन निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा पनि व्यक्त भएको छ। बैठकमा नेताहरूले अब दीर्घकालीन रूपमा पार्टी कार्यक्रम बनाउनु पर्ने धारणा राखेको पार्टी प्रवक्ता सापकोटाले जानकारी दिए।

बैठकमा उपमहासचिव वर्षमान पुन, सचिव चक्रपाणि खनाल लगायतका नेताहरूले अबको प्राथमिकता सरकार नभई पार्टी हुनुपर्ने धारणा राखेका थिए। बैठक आइतबार पनि बस्दैछ।माओवादी बैठकमा सरकारभन्दा संगठन निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा पनि व्यक्त भएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search