Yug Post

९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई कुलमानले ८ वर्षमा ४७ अर्ब नाफामा लगे

Advertisement

काठमाडौं । एउटा कुशल प्रशासकले चाहेपछी कति गर्न सक्छ्न भने ज्वलन्त उदाहरण कुलमान घिसिङ हुन् ।उनले आर्थिक वर्ष २०७२/७३ सम्म ९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणले ९ वर्षको बीचमा ४७ अर्ब नाफा कमाएको छ ।

विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार आफ्नो दोस्रो कार्यालयको तीन वर्षे कार्यकाल पूरा भएको अवसर पारेर आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार प्राधिकरण आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा थियो । त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको उनले बताए ।

‘गत आर्थिक वर्षमा मात्रै १३ अर्ब ३१ करोड नाफा कमायो । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा छ’, प्रवन्ध निर्देशक घिसिङले भने, ‘यस अवधिमा विद्युतको महसुल ३ पटक गरी करिब २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको छ ।’

प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी बिजुली निःशुल्क गरिएको छ ।

घिसिङका अनुसार इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्नसक्ने क्षमतामा देखिएको छ ।

आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ थियो । अहिले ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्यांकन गराएको छ । देशभर रहेको आफ्नो जग्गाको एकिन गरी करिब ४० हजार २०० रोपनी जग्गाको पहिचान भएको प्रवन्ध निर्देशक घिसिङले जानकारी दिए ।
नेपालले औपचारिक रुपमा विद्युत निर्यात सन् २०२१ नोभेम्बरबाट शुरु गरेको थियो । निर्यातको मात्रा बढ्दै गएर गत आवमा १ अर्ब ९४ करोड युनिट विद्युत भारत पठाइएको र त्यसबाट १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको घिसिङले बताए ।
उनका अनुसार प्राधिकरणले गत वर्षमात्र काठमाडौं उपत्यकाभित्र करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा पाएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search