Yug Post

कविता : “ए मन नपरेको मान्छे “

Advertisement

 

तिम्रो आकृति भुल्न म अनेक प्रयास गर्छु
जसले निदरीमा पनि तर्साउने गर्छ
तिमी आउँदा म फिक्का रङ देख्छु
जसरी पानीमा तेल तैरने गर्छ ।

म बिहानीको मिर्मिरे सरी उदाउदा
तिमि हेमन्तको कुहिरो बनी ढाक्छौ
म आमा आमा भनी रोइरहेको दुधे बालक
तिमी च्याप्प समाइ पच्छार्न खोज्छौ
वास्तव मै तिमी मलाई
म देखी खोसिरहेछौ ।

तिमी मेरो दुश्मन त होइनौ
तर पनि म बेहद घृणा गर्छु
तिम्रा हिमाल झैँ
दन्तेलहर भनी तारीफ गर्छन यहाँ
म गर्जिएका सिंहका बङ्गारा सम्झन्छु
तिम्रो हेराइले नै मलाई
तिखो काडा जसरी घोच्छ
तिमि नै भन अब
म तिमिलाइ के भनेर सम्बोधन गरुँ
‘मन नपरेको मान्छे’ ??

तिमि प्रेमको दियो बाली
लमक लमक गरि आउँछौ
म अगुल्टो समाइ लखेटे जस्तै देख्छु
तिमि मेरो नजिक नजिक बन्न खोज्दा
हिउँलाई घाम खल्लो भइ पग्लने गरे झैँ
हात्तीलाई गोरेटो साँघुरो भए जस्तै
भान गर्छु म
गड्याङ्गुडुङ चट्याङको आक्रोश जस्तै
विल्कुल उसै तरह देख्छु म तिमिलाइ …
तिमी साच्चिकै मेरो लागि
“मन नपरेको मान्छे” हौ ।

लेखक :कल्पना परियार ( सल्यान )

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search