तिम्रो आकृति भुल्न म अनेक प्रयास गर्छु
जसले निदरीमा पनि तर्साउने गर्छ
तिमी आउँदा म फिक्का रङ देख्छु
जसरी पानीमा तेल तैरने गर्छ ।
म बिहानीको मिर्मिरे सरी उदाउदा
तिमि हेमन्तको कुहिरो बनी ढाक्छौ
म आमा आमा भनी रोइरहेको दुधे बालक
तिमी च्याप्प समाइ पच्छार्न खोज्छौ
वास्तव मै तिमी मलाई
म देखी खोसिरहेछौ ।
तिमी मेरो दुश्मन त होइनौ
तर पनि म बेहद घृणा गर्छु
तिम्रा हिमाल झैँ
दन्तेलहर भनी तारीफ गर्छन यहाँ
म गर्जिएका सिंहका बङ्गारा सम्झन्छु
तिम्रो हेराइले नै मलाई
तिखो काडा जसरी घोच्छ
तिमि नै भन अब
म तिमिलाइ के भनेर सम्बोधन गरुँ
‘मन नपरेको मान्छे’ ??
तिमि प्रेमको दियो बाली
लमक लमक गरि आउँछौ
म अगुल्टो समाइ लखेटे जस्तै देख्छु
तिमि मेरो नजिक नजिक बन्न खोज्दा
हिउँलाई घाम खल्लो भइ पग्लने गरे झैँ
हात्तीलाई गोरेटो साँघुरो भए जस्तै
भान गर्छु म
गड्याङ्गुडुङ चट्याङको आक्रोश जस्तै
विल्कुल उसै तरह देख्छु म तिमिलाइ …
तिमी साच्चिकै मेरो लागि
“मन नपरेको मान्छे” हौ ।
लेखक :कल्पना परियार ( सल्यान )


