Yug Post

रोल्पामा पहिरोले पुरिएर दुई जनाको मृत्यु

Advertisement

रोल्पाको सुनछहरी गाउँपालिका-४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय देउसिंह कामीको घर पुरिएको हो ।
देउसिंहकी ६५ वर्षीया आमा बसुना सुनार र उनकी ४ वर्षीया छोरी माया सुनारको पहिरोमा पुरीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभयो ।

घटनाबारे स्थानीयले प्रहरी चौकी स्युरीमा राति १० बजेतिर जानकारी गराएका थिए । तर पहिरो झरिरहेको र वर्षा नरोकिँदा राति उद्धार हुन सकेन । देउसिंह भने कामको शिलशिलामा गाउँमा रहेकाले सकुशल रहेको प्रहरीले जनाएको छ ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय सुलिचौर र पोबाङको टोलीसहित स्थानीयले खोजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search