Skip to main content

Yug Post

यसरी साम्य भयो ७० वर्ष देखिको जिल्लाकै १२० रोपनी जग्गा विवाद

Advertisement

२०१२ साल देखीको स्वर्गीय हरिभक्त खड्का र स्वर्गीय बलजित पुन को विवादको कारण जुंगार मजुवाको १२० रोपनी उर्वर जग्गा दुबै पक्षले आज सम्म प्रयोग गर्न भएका थिएनन् ।
हरिभक्त खड्का र बलजित पुनको विवाद यति बढ्यो कि भौतिकरुपमा आक्रमण देखि अडाअदालत सम्म पुग्यो र त्यो पहिलो एक पुस्ता त्यसैमा बित्यो ।जग्गा विवाद भएकै कारण १० वर्षीय जनयुद्धमा तत्कालीन नेकपा (माओवादी ) पार्टीले झन्डै १० वर्ष उपयोग गर्‍यो ।
पार्टी शान्तिकालमा प्रवेश गरे सँगै पार्टीले उपयोग गर्ने छोड्यो तर दुबै पक्षले फेरि पनि आ-आफ्ना जग्गा उपयोग गर्न पाएनन् । त्यही बेला तत्कालीन बैध नेतृत्वको पार्टी नेकपा -माओवादीले हाम्रो पार्टीको हो भनेर जग्गामा झण्डा गाड्यो। पछी फेरि नेकपाले आफ्नो पार्टीको हो भन्ने दाबी गर्दै त्यहाँको घाँस बिक्री गर्दै आएको थियो।
दोस्रो पुस्ताका हरिभक्तका छोराहरु तिलक खड्काहरु ,तेस्रो पुस्ता हरिभक्तका नाति जदिश खड्काहरु र यता दोस्रो पुस्ताका बलजित पुनका छोरा गिरधल पुनहरु ,तेस्रो पुस्ताका बलजित पुनका नातिहरु भेगुराम पुन , बिकास पुनहरुले पहिलो पुस्ताले गरेका विवादको निरुपण गर्नुपर्छ भनेर लामो समय देखी विभिन्न पार्टी र व्यक्तिलाई सहयोग माग्ने क्रममा उहाँ हरुले नेकपा (माओवादी केन्द्र )लाई सहयोगको अनुरोध गर्नु भएको थियो ।
नेकपा (माओवादी केन्द्र ) का प्रदेश समिति सदस्य शोभाराम रानाको सहजीकरण र पार्टी त्रिवेणि गाउँपालिका अध्यक्ष शेरसिंह बन्दिपुरे र रामप्रसाद रानाको उपस्थितिमा दुबै पक्षसँग सावन १२ गते दाङमा मसिनो छ्लफल गराए
१३ गते फिल्डमा नै गएर विवादको निष्कर्ष निकाली।
अन्तिममा लेखमणी डाँगी संयोजक रहेको त्रिवेणि गाउँपालिकाको न्यायीक समितीको गएर विवादको व्यवहारिक साम्य भएको छ।
अब लामो समयसम्म उपयोग गर्न नपाएको जग्गा व्यावहारिक रूपमा दुबै पक्षले उपयोग गर्न पाउने भएपछि दुबै पक्षले न्यायको अनुभुती गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search