Skip to main content

Yug Post

कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपति उम्मेदवारी घाेषणा

Advertisement

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आउँदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समा लेख्दै ह्यारिसले आफूले उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेको जानकारी गराउनुभएको हो ।

उहाँले आफू हरेक मत कमाउन कडा मेहनत गर्ने भन्दै नोभेम्बरमा आफूहरुको जीत हुने विश्वास व्यक्त गर्नुभएको छ । यसअघि आन्तरिक चुनावबाट उम्मेदवारमा छनौट भइसकेका वर्तमान राष्ट्रपति जो बाइडेनले आउँदो चुनावको प्रतिस्पर्धा छाडेपछि ह्यारिसलाई उम्मेदवार बन्ने अवसर आएको हो ।

डेमोक्र्याटिक पार्टीले नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो उम्मेदवारको रूपमा समर्थन जनाइसकेको छ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले पनि हिजो अमेरिकी राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search