Skip to main content

Yug Post

बक्यौता नबुझाउदै काटिएको लाइन जोड्न कुलमानलाई प्रधानमन्त्री ओलीको आदेश

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएका उद्योगहरूमा बक्यौता नबुझाउदै लाइन जोड्न नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।

यसअघि डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम नतिरेको भन्दै उद्योगहरूको बिजुली प्राधिकरणले काटेको थियो l

शुक्रबार उद्योगी र प्रबन्ध निर्देशक घिसिङसहित प्राधिकरणका पदाधिकारीलाई छलफलका लागि बोलाएका ओलीले विद्युत काटिएका उद्योगहरुमा तत्काल लाइन जोड्न निर्देशन दिएका हुन् ।

यसअघि घिसिङले कुनैपनि हालतमा डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता रकम उठाएरै छोड्ने घोषणा गरेका थिए । यता उद्योगीहरुले भने नक्कली बिल नतिर्ने बताउँदै आइरहेका छन् ।

आजका छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ तथा मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरुको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search