Skip to main content

Yug Post

निरपेक्ष गरिवी र आर्थिक सुधारको लागी गाँजा खेतीबारे एक बहस

Advertisement

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री वर्षमान पुन अनन्तले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेट भाषणमा औषधिय प्रयोजनका निम्ति गाँजालाई छिट्टै निवाली बनाएर बैधानिक बनाइने छ, भनेर घोषणा गरेसँगै गाँजा को विषयले चर्चा पाएको छ । गाँजा पहिले किन बन्देज गरिएको थियो ? अहिले किन खुला गर्ने ? खुला गरेपछि सामाजिक ,आर्थिक ,सांस्कृतिक र राजनैतिक पक्षमा कस्तो प्रभाव कस्तो प्रभाव पर्छ ? विशेष त गाँजा खेतीले कुन वर्गको हित हुन्छ । यी विषयमा यस लेखमा चर्चा गर्ने कोसिस गरिएको छ ।
अमेरिकीहरु नेपालमा आएर हेप्पी संस्कृति मच्चाउन लागेपछि हाम्रा नागरिक नेपालमा गएर बिग्रेको बुझाइ पछि अमेरिकाले नेपालमा नै गाँजा प्रतिबन्ध लगाउन दबाब सिर्जना गरेर गाँजा माथि प्रतिबन्ध लाग्यो । नेपाली नागरिकको हितका निम्ति बन्द गरेको होइन । विश्व स्वास्थ संगठनले गाँजालाई लागुऔषध सुचीबाट हटाउन पटकपटक दिएको सुझाव पछि संयुक्त राष्ट्रसंघले ‘द सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ पारित ग¥यो र त्यसमा गाँजालाई पनि अफिम जस्तै कडा खालको लागुऔषध मान्दै प्रतिबन्ध लगाउनुपर्ने प्रावधान छ । सन् १९७६ मा नेपालले यो सन्धिमा गरेको हस्ताक्षर पछि भने यसको खेती तथा कारोबार ,बिक्री र वितरणमा प्रतिबन्ध लगायो ।

लागुऔषध नियन्त्रण ऐन २०३३ ले नै नेपालमा अनुमतिपत्र लिई औषधिजन्य प्रयोगका लागि गाँजाखेती गर्न सकिने व्यवस्था भने गरेको छ । तर, यसलाई अन्य विभिन्न प्रयोजनका निम्ति उत्पादन गर्न सकिने कुरालाई भने कडा रूपमा बन्देज नै गरेको छ ।

नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरेर त्यसमा सहमति जनायो । त्यसपछि नेपालले सन् १९७६ मा लागुऔषध नियन्त्रण सम्बन्धी कानुन बनायो । त्यसमा गाँजाको खेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानिएको छ । उक्त ऐनले २५ बोट गाँजाखेती गर्नेलाई तीन महिना सम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । सो भन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन सक्छ । उक्त ऐनअनुसार ५० ग्रामसम्म गाँजा राखे तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । यो कानुन अनुसार हजारौं प्रयोग कर्ता र हजारौं गरिब भरिया नेपालका जेलमा दिन गनेर बसेका छन् ।

आज भन्दा लगभग २००० वर्ष पहिले देखी प्रचलन रहेको चरण संहिता नामक ग्रन्थमा गाँजा र यसबाट बन्ने भाङ औसधिको रुपमा प्रयोग भएको उल्लेख भएकोबाट पनि स्पष्ट हुन्छ कि गाँजा हानिकारक लागू औषध होइन औषधि हो । स्वास्थ क्षेत्रको बिश्वकै ठुलो र विश्वसनीय संस्था विश्व स्वास्थ संगठनले गाँजालाई लागू औसधको हटाउनु पर्छ भनेर पटकपटकको सुझाव पछि संयुक्त राष्ट्रसंघले लागुऔसधको सुचीबाट हटायो । त्यसको लगत्तै जर्मनी ,क्यानडा ,जर्जिया ,माल्टा ,मेस्को ,दक्षिण अफ्रिका ,उरुग्वे ,अमेरिकाको कोलम्बिया प्रान्त ,अस्टे्रलियाको सिड्नी लगायत २३ देशमा मात्र होइन छिमेकी देश भारतको उत्तर प्रदेश ,अरुण चल प्रदेशमा समेत गाँजा बैधानिक बनाएर उपयोग गरिरहेका छन् । नेपाली हावापानीमा विश्वकै दोस्रो गुणस्तरीय गाँजा उत्पादन गर्न र आर्थिक स्थितिमा सुधार ल्याउन सकिने भएको हुँदा गाँजाको वैधानिकता दिनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा कानुनी अड्चन हटाउन नेपालले मतदान गरेकै हो भने आफ्नै देशको कानुनी अड्चन हटाउन अझै ढिला गर्नु हुदैन । जुन कुरा वर्तमान सरकारले गहिरो गरि वुझेरै पहल लिएको छ ।

गाँजा फुकुवाले भुइँ मान्छेलाई हित

सरकारको ताजा डाटा अनुसार २० प्रतिशत नागरिक निरपेक्ष गरिब छन् । जिबन निर्वाहका निम्ति आवश्यक पर्ने न्युनतम क्षमता नभएका नागरिकको प्रतिशत यति धेरै हुनुभनेको राज्यको नीति नियममा समस्या हो । कुन नितिले आधारभुत वर्गलाई छुन्छ भनेर नीतिनिर्माताले थाहा पाउनुपर्ने हुन्छ । अधिकांश निरपेक्ष गरिब नेपालको हिमाली र पहाडी गाउँ बस्तीमा बस्छन् ती ठाउँहरुमा गाँजा खेतीको लागी उपयुक्त माटो छ । जसलाई उपयोग गर्न हो भने उनिहरुको आर्थिक जीवन स्तर मात्र होइन देशले नै आर्थिक फड्को मार्छ ।
सर्वहारा वर्गको आर्थिक सुधार ल्याउने गरि गाँजा ऐन निवाली बनाउनु पर्छ ताकि पर्दा पछाडीका दलाल, माफिया र तस्करलाई फाइदा नहोस् । उत्पादन नितिमा सहजता र बिक्री मल्यमा उचित हुनु पर्छ त्यस्तो भयो भने राजनीतिक हिसाबले पनि राज्य प्रतिको विद्रोहको भावना जागृत हुदैन । सन २००३ मा मर्सी कप्स नामक संस्थाले स्थलगत अध्ययन गरे अनुसार माओवादी विद्रोहको जरो कारण गाँजा माथिको सरकारी प्रतिबन्ध पनि एक रहेको उल्लेख छ । उत्तरी रोल्पा ,उत्तरी सल्यान ,उत्तरी रुकुम र सुर्खेतका केहि जंगलहरुमा आफै गाँजा उम्रन्थ्यो त्यसको बोट्को बोक्राबाट डोरी ,खस्रो रेशमबाट झोला र राम्रो रेशालाई मगरहरहरुको प्रम्परागत पहिरन बनाउने गर्दथे भने गाँजाको दानालाई चट्नी र अचारको मसला बनाउन प्रयोग गर्दथे । गाँजालाई उनिहरु नशाको रूपमा हैन औसधिको रुपमा प्रयोग गर्दथे ।
त्यही क्षेत्रको गाँजाले नेपाली मात्र होइन विश्व बजार सम्म विस्तार भएको थियो । आय आर्जनको मुख्य स्रोत गाँजा नै बनेको थियो । तर जब राज्यले गाँजा प्रतिबन्ध लगायो तब राज्यले ती जनता प्रतिको कर्तव्य ,जिम्मेवारी, सेवा सुबिधा त दिएको थिएन नै झन् त्यसैमा खादा खादैको भाग खोसेको जस्तो अनुभुती भयो । हाम्रो सबैभन्दा ठुलो दुश्मन तत्कालीन राज्य हो भन्नेमा प्रष्ट थिए । कसरी राज्यलाई ठिक पार्ने होला ? भनेर उपायहरू खोजिरहेको बेला राज्य विरुद्ध गाउँबाट शहर घेर्ने र सर्वहारा वर्गको सत्ता ल्याउने रणनीतिका साथ यहि क्षेत्रबाट जनयुद्धको घोषणा भयो ।
स्वभावका हिसाबले इमानदार सोझा र आटिला मगरहरुको बाहुल्यता भएको र भौगोलिक हिसाबले दुश्मनबाट सुरक्षित हुने भएकाले यी ठाउँमा जनयुद्धका नेतृत्वहरु बस्न थाले सम्पर्क सम्बन्ध र संगठन सुदृढ हुँदै गयो । गाउँका शोषक सामान्त मुखियाहरुको सहयोगमा राज्यले स्थानीयलाई चरेस तस्कर ,ज्यान उद्योग आगजनी जस्ता विभिन्न झुट्टा मुद्दा लगायर फसाउन दुख दिन लाग्यो त्यसपछि झन् प्रतिरोध गर्दै जनयुद्धमा सहभागी हुनेहरूको संख्या ह्वात्तै वृद्धि भयो । यहीँ क्षेत्रका माओवादीहरु नै देशभर पुगेर संगठन विस्तार गरे ।
अहिले यस्तो संयोग मिलेको छ पहिले गाँजा प्रतिबन्धले राज्यको विपक्षमा गएको जनमतलाई लिएर जनयुद्धको नेतृत्व गरेको प्रचण्ड अहिले नेपाल सरकारको नेतृत्व गर्नुभएको छ । यहि बेला ती पहलेको जनमतलाई फेर सर्वहारा बर्गको आर्थिक सुधार लिने गरी गाँजा माथिको प्रतिबन्ध फुकुवा गर्दै सुखी नेपाली समृद्ध नेपालञ को नारा पुरा गर्नुपर्छ

गाँजाका आर्थिक,राजनीतिक ,सामाजिक ,बाताबरणीय र औषधिय फाइदाहरु

एक रोपनी गाँजाले २५ रोपनी जंगलजत्तिकै अक्सिजन उत्पादन गर्नाका साथै सो जग्गा बराबरको गाँजाले ४ रोपनी रूखजत्तिकै कागज उत्पादन गर्न सक्छ । गाँजालाई आठपटक कागजमा परिणत गर्न सकिन्छ भने काठलाई ३ पटक कागजमा परिणत गर्न सकिन्छ ।
गाँजा ४ महिनामा बढ्छ, काठलाई बढ्न २० देखि ५० वर्ष लाग्छ । गाँजा उत्पादन सजिलो हुनाका साथै कम पानीमा सबै ठाउँमा उब्जाउन सकिन्छ ।
एक अध्यनअनुसार विश्वमा मद्यपान र धूम्रपानको तुलनामा गाँजाको असर कम देखिएको छ । रक्सी र सुर्तीजन्य पदार्थको प्रयोगले मान्छेमा असाधारण व्यावहार देखाउने मात्र होइन ज्यान लिने र ज्यान फाल्ने गर्छन् तर गाँजा त्यस्तो हुँदैन । औषधि विज्ञानमा यसलाई बहुउपयोगी फाइदाजनक औषधिको रूपमा र व्यावसायीक हिसाबले कम खर्चमा छिटो र धेरै प्रतिफल दिने कृषि उपजको रूपमा लिइएको छ ।
यसले किराहरूलाई भगाउने हुँदा कीटनाशक औषधि चाहिँदैन । त्यस्तै गरि गाँजाबाट बनेको लत्ताकपडा गायतको सामग्रीको उपयोग बढाई कीटनाशक औषधिको उपयोग हटाउन सकिन्छ । गाँजाले एड्स र क्यान्सरको उपचारमा केमोथेरापी र विकिरणको प्रभावलाई कम गर्छ । यसबाट क्यान्सर, बाथ, मुटुरोग, मिर्गी, दम, पेट, अनिद्रा, मनोविज्ञान र मेरुदण्डको कडापन जस्ता २५० रोगको उपचार गरिन्छ । त्यसैगरी, गाँजाको प्रयोग गरी बनाइएका भवन इन्सुलेट गर्न सकिने सस्तो, टिकाउ र बलियो हुन्छ । हेम्पबाट बनेका साबुन र सौन्दर्यका प्रसाधनले पानीलाई दूषित पनि गर्र्दैन र पूर्ण रूपमा वातावरणमैत्री पनि हुन्छ । योभन्दा बाहेक अरू पनि थुप्रै आयुर्वेदीय, बहुउपयोगी फाइदा यस बिरुवामा रहेको पाइएको छ ।

गाँजाका खेती र केही जोखिम

हरेक बस्तुमा नकारात्मक पक्ष हुन्छ हामीले बस्तु को नकारात्मक पक्षलाई छोडेर सकारात्मक पक्षलाई अधिकतम उपयोग गर्नुपर्ने हुन्छ । गाँजाको पनि केही बेफाइदा भएकाले स्वास्थ्य विशेषज्ञको परामर्शविना कुनै पनि हालतमा यसको सेवन गर्नुहुँदैन । त्यसैले हानिकारक पनि भएकाले कानुनी रूपमा बन्देज गरी कडा कानुनी कारबाही चलाउने गरेको पाइन्छ । विशेषगरी, यसले व्यक्तिगत स्वास्थ्य तथा प्रगतिमा धेरै हानि गर्दछ । यसले स्मरणशक्ति घटाउने र सिक्ने कार्य ढिलो बनाउने, चिन्ता, पागलपन र मनोविकृति जस्ता अवस्था बढाउन सक्छ । मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ भने श्वासप्रश्वाससम्बन्धी समस्या, स्नायु प्रणालीमा असर, रोजगारीमा नकारात्मक प्रभाव पनि पार्छ ।

अन्त्यमा
गलत दुरुपयोग रोक्न कडा कानुनको प्रभावकारी कार्यान्वयनका साथै व्यावसायिक उत्पादन बिक्री वितरण गर्न उपयुक्त ऐनसहितको कार्यविधि चाहिन्छ । यसो भए लाखौँ नेपालीले विदेशी भूमिमा रगत–पसिना बगाई कमाउने विदेशी मुद्रा यहीँ आर्जन भई अर्थतन्त्र सुध्रिने छ।
अहिले यस्तो संयोग मिलेको छ पहिले गाँजा प्रतिबन्धले राज्यको विपक्षमा गएको जनमतलाई लिएर जनयुद्धको नेतृत्व गरेको प्रचण्ड अहिले नेपाल सरकारको नेतृत्व गर्नुभएको छ । यहि बेला ती पहलेको जनमतलाई सर्वहारा बर्गको आर्थिक सुधार लिने गरी गाँजा माथिको प्रतिबन्ध फुकुवा गर्दैझ सुखी नेपाली समृद्ध नेपालञ को नारा पुरा गर्नुपर्छ ।

लेखक: शोभाराम राना

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search