Skip to main content

Yug Post

बाँकेमा गाेली चल्यो यस्ताे छ कारण ?

Advertisement

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका–६ स्थित सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर र दुई राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । ‘झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो’, उनले भने ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार झडपमा एक स्थानीय महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन् । प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इट्टाले टाउकोमा चोट लागेको छ । घाइते दुवैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उनले जानकारी दिए ।

‘डुडुवा गाउँपालिका–६ का ६५ वर्षीय सोन्नामसिंह सर्दार छ वर्षदेखि डाँका मुद्दामा फरार प्रतिवादी हुन् । उनी भागेपछि खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएका हौँ’, प्रहरी उपरीक्षक कार्कीले भने, ‘निजलाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो । स्थानीयले निजलाई भाग्न सहयोग गरेपछि पुनः पक्राउ गर्न खुट्टामा गोली प्रहार गरिएको हो ।’ उनका अनुसार फरार प्रतिवादी सर्दारलाई पक्राउ गर्न खोज्दा करिब एक घण्टा स्थिति तनावग्रस्त बनेको थियो

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search