Skip to main content

Yug Post

सहकारी क्षेत्रकाे समस्या सम्बाेधन गर्न सरकार प्रतिबद्ध छ :प्रचन्ड

Advertisement

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी क्षेत्रमा देखिएका समस्याको सम्बोधन गर्न सरकारले नीतिगत र व्यावहारिक समाधानका विभिन्न उपाय अवलम्बन गर्दै आइरहेको बताउनुभएको छ ।

सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनको आज काठमाण्डौमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सहकारीको आधारभूत सिद्धान्त पालना नहुँदा, कोभिड महामारी तथा अरू विभिन्न कारणले सहकारीले सङ्कटको सामना गर्नुपरेको बताउनुभयो । उहाँले सरकारले बचत तथा ऋण सहकारीलाई एकआपसमा गाभिन सहजीकरण गर्ने र बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाख रुपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था मिलाउने लगायतका व्यवस्था बजेटमा पनि समेटेको जानकारी दिनुभयो ।

सङ्कटग्रस्त एवम् समस्याग्रस्त सहकारीको अवस्था, बचतकर्ताको निक्षेप अपचलन भए/नभएको अध्ययन, दोषीमाथि कारबाहीको सिफारिस र समस्या समाधानका लागि सुझाव प्रस्तुत गर्न अधिकार सम्पन्न संसदीय समिति गठन गरिएको भन्दै प्रचण्डले समितिले सहकारी क्षेत्रको समस्यालाई दीर्घकालीन समाधानमा आवश्यक सुझाव पनि प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search