Yug Post

गण्डकी का मुख्यमन्त्री पाण्डे ले लिए पद तथा गाेपनियताकाे शपथ

Advertisement

काठमाण्डाै : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेपाली कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टेकराज गुरुङले मन्त्री पदको शपथ लिनुभएको हो । गुरुङले अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले आज उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । सर्वोच्चको पत्र आज मात्रै आइपुगेकोले आजै पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । गएकाे साेमवार सर्वोच्च अदालतले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।

मुख्यमन्त्री नियुक्त पाण्डेले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ । तर पाण्डेलाई बहुमत प्राप्त गर्न सहज भने छैन । खगराजलाई विश्वासको मत दिने बेला तटस्थ बसेको दुई सदस्यीय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाण्डेलाई साथ दिए पनि एक जना अझै आवश्यक पर्छ । खगराज अधिकारी नेतृत्वमा रहेको सरकारमा मन्त्री रहेका दीपक मनाङेले पनि मत दिने र विश्वासकाे मत पाउने कांग्रेसको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search