आधुनिक जीवनशैलीसंगै मानिसहरूमा मोटोपनाको समस्या बढ्दो क्रममा छ । विकसित राष्ट्रहरूमा मात्र नभई नेपाल जस्तो विकासन्मुख देशमा पनि यो समस्या गम्भीर रूपमा बढिरहेको देखिन्छ । मानिस स्वस्थ तथा निरोगी रहनको लागि आफ्नो तौल नियन्त्रणमा राख्न अति आवश्यक हुन्छ । मोटोपनाले विभिन्न रोग जस्तै मधुमेह , उच्चरक्तचाप ,मुटुरोग, दम , क्यान्सर,पित्तको पत्थरी ,हाडजोर्नीको समस्या आदि हुने जोखिम बढाउॅछ । अत्याधिक तौलका कारण महिला तथा पुरूषमा निसन्तापनको समस्या बढिरहेको देखिन्छ । बढ्दो तौलका कारण व्यक्तिहरूमा मानसिक समस्याहरू पनि उत्पन्न हुन सक्छ र मोटोपनाका कारण मानिसको आत्मविश्वासमा पनि कमि आउने गरेको पाईन्छ । मोटोपनाले यस किसिमका थुप्रै समस्या उत्पन्न गरी मान्छेको जिवनलाई कष्टदायक बनाउँछ।
मोटोपनाको केहि कारणहरु
१) शारिरिक श्रमको अभाव
२) आवश्यक भन्दा अत्याधिक मात्रामा भोजन
३) बढि Caloire भएका खानेकुरा जस्तै cold drinks, fast foods साथै चिनीको परिकारको सेवन
४) मादकपदार्थको अति मात्रामा सेवन
५) हर्मोनको समस्या जस्तै Hypothyroidism, PCOD ,Cushing syndrome आदि
६) औषधिको Side effects का कारण
७)वंशानुगत
८) अस्वस्थ जिवनशैली
तौल घटाउने /नियन्त्रणमा राख्ने उपायहरू
१) आफ्नो शारीरिक आवश्यकता भन्दा बढि भोजन नगर्ने
२) Caloire बढि भएका खानाहरूको धेरै सेवन नगर्ने
३) सन्तुलित साथै proteinले भरिपूर्ण आहारको सेवन गर्ने
४) दूध चियाको सट्टा Green tea र herbal tea को सेवन गर्ने
५) फाईबरले भरिपूर्ण खानेकुरा जस्तै फलफूल , सलाद र सागसबजीको अधिकतम सेवन गर्ने
६) दूधबाट बनेको परिकार जस्तै पनिर , घ्यूको सेवन त्याग वा थोरै मात्रामा सेवन गर्ने,
७) छाला र बोसो रहित मासुको निश्चित मात्रामा मात्र सेवन गर्ने
८)खाना अघि वा खानाको बीच बीचमा थोरै पानी पिउने बानी बसाल्ने
९) मिल्ने ठाउमा पैदल हिडेर जाने , शारिरिक रूपमा सक्रिय रहने
१०) समय निकालेर नियमित व्यायाम गर्ने वा खेलकुदमा सहभागी हुने
११)पौडी ,नृत्य ,दौड आदि शारीरिक क्रियाकलापहरू नियमित रूपमा गर्ने
१२) योगाभ्यास, आसन तथा प्रणायाम नियमित रूपमा सहि तरिकाले गर्ने ,सूर्यनमस्कार नियमित रूपमा गर्नाले तौल घटाउन मद्दत गर्छ ।
१३)केहि आयुर्वेदिक औषधी जस्को प्रयोगले तौल घटाउन मद्दत गर्छ।
जस्तै:त्रिफला,मुस्ता,अपमार्ग बीज,सिग्रु , सिलाजित , गुग्गुलु , विडंग , गोमूत्र आदि
१४) कहिले काहिँ अन्य रोगका कारण मोटोपन हुन सक्ने हुदा आवश्यक चेकजाँच र परामर्शका लागि चिकित्सकसंग सल्लाह लिनुहोला ।
‘छोड्नु पर्छ मिठो मिठो मात्र खाने बानी
बसिराख्नु भन्दा राम्रो हिड्डूल गर्न जानी ”
“खानको लागि बाच्ने होइन बाच्नका लागि खाने गरौँ ”
“हप्तामा कमतिमा ५ दिन राम्रो व्यायामसंग व्यायाम गरौँ॥”
धन्यवाद !!!
✍️डा. सागर गिरी (आयुर्वेद चिकित्सक BAMS (IOA) ,Diploma in general medicine)


