Skip to main content

Yug Post

सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त:प्रचण्ड

Advertisement

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त ’ले समाजवादको आधार तयार पार्न सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त भएका बताएका छन् ।नयाँ वर्ष २०८१ का अवसरमा सांस्कृतिक संस्थानले आज यहाँ आयोजना गरेको ‘शुभारम्भ सांस्कृतिक साँझ(२०८१’लाई सम्बोधन गर्दै उनले समाजवादीको संस्कृति निर्माणको पक्षमा सम्पूर्ण देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्ने बताए।

सांस्कृतिक नीति, साधनस्रोत, पूर्वाधार, स्रष्टा र कलाकारको प्रोत्साहनलगायत विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा सांस्कृतिक संस्थानका चासोलाई सम्बोधन गरिने विश्वास दिलाए।प्रधानमन्त्री दाहालले संस्थानद्वारा आयोजित सांस्कृतिक साँझले आफूलाई छुट्टै ऊर्जा र प्रेरणा दिएकोसमेत बताए।

सो अवसरमा संस्थानका महाप्रबन्धक किरणबाबु पुनले लोपोन्मुख अवस्थामा रहेका लोकगीत, लोकसङ्गीत, लोकवाद्य, लोकनृत्य, लोकनाटकको संरक्षण र प्रवर्द्धन गर्न क्रियाशील रहेको बताए। उनले ‘सांस्कृतिक संस्थानको हर्ष, मनाऔँ नेपाली नयाँ वर्ष’ भन्ने नाराका साथ प्रत्येक साताको शुक्रबार साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिए।कार्यक्रममा कलाकारहरूले राष्ट्रिय गीत, भुओ, घोडचढी, धिमे र भूमेनाच तथा कौरा र भोजपुरी नृत्य एवं लोक नाटक र प्रसहन प्रस्तुत गरेका थिए । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search